Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

अभियानले उठाएको फोहर एक हप्तासम्म सडकमै

\"\" काठमाडौँ । सफाइ अभियानले फोहर उठाएर राखेको एक सातासम्म सडक किनारमै थुप्रिएको छ । जेठ १२ गते शनिबार २२४औँ हप्ताको गुह्येश्वरीमाथिको वाग्मती सफाइ सहायक नदी कोलमती किनारमा भएको थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख आशीष घिमिरेलगायत पनि सहभागी हुनुभएको थियो । अधिकार सम्पन्न वाग्मती समितिका अधिकारीहरु मुहानदेखिकै सफाइ अभियानमा सहभागी भएको स्थलको फोहर भने एक हप्तासम्म उठ्न सकेको छैन । गोकर्णेश्वर नगरपालिका वडा नं २ र ४ को सीमामा रहेका कोलमती सफाइ गरेर राखिएको फोहर नदी किनारस्थित बसपार्कमा थुपारिएको थियो । नगरपालिकाले फोहर उठाउने भनिए पनि एक हप्तासम्म त्यही थुपारिँदा बसले किचेको छ । तर अध्यक्ष बस्नेतले भने गाकर्णेश्वर नगरपालिकाले फोहर उठाउने प्रतिबद्धता जनाएको बताउछन् । नगर उपप्रमुख शान्ति नेपाल फोहर लैजाने सवारी बिग्रिएकाले फोहर उठ्न नसकेको बताछन् । वाग्मती सफाइ महाअभियानले पाँच वर्ष पूरा गरेको अवसरमा समीक्षा गरेको छ । महाअभियानबाट प्रभावित भई हाल देशभर ९४ स्थानमा सफाइ अभियान चलिरहेको अभियानकर्मी नारायणकुमार श्रेष्ठले राससलाई जानकारी दिए । नेपाल सफा नभएसम्म यो अभियान चलाइरहने निर्णय गरिएको छ । सरकारले हाम्रो अभियानकर्मीको भावनालाई कदर गर्दै आगामी आर्थिक वर्ष २०७५÷७६ लाई राष्ट्रिय सरसफाइ अभियान वर्षका रुपमा मनाउने घोषणा गरेकामा महाअभियानले धन्यवाद ज्ञापन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा संघीय संसद्मा जेठ १५ गते पेश गर्नुभएको बजेट वक्तव्यमा आगामी तीन वर्षभित्र सबै नेपालीलाई आधारभूत सरसफाइको पहुँच पु¥याउने र शहरी क्षेत्र, राजमार्ग आसपास र सार्वजनिक स्थानमा सुविधासम्पन्न स्मार्ट शौचालय निर्माण गर्ने उल्लेख गरेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy