Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

कारागारमा यातना

वीरगञ्ज । यहाँको कारागारभित्र रहेको कोठा नं ५ अर्थात् वासिङ रुम आफूहरुका लागि यातनागृह भएको कैदीबन्दीको आरोप छ गणतन्त्र दिवसका अवसरमा कारागारमुक्त भएका भारत मोतीहारीका बर्खुदिन मियाँ भन्छन्, “नयाँ कैदीबन्दीलाई पहिले उक्त कोठामा लगेर यातना दिइन्छ । त्यो कैदी पैसावाल छ भने बढी कुटाइ खानुपर्छ”, आफ्नो पीडा पोख्दै मियाँ भन्छन्, “बढी पैसा असुल गरेपछि वासिङ रुमबाट निकालेर अर्को कोठामा राखिन्छ, त्यो नयाँ कोठा कैदीबन्दीका लागि सुधारगृह नभएर यातनागृह जस्तो भएको छ ।” भाइ चौकीदार विदेशी साहको निगरानीमा रहेको त्यो कोठामा अन्य कोही जान पाउँदैनन् । गणतन्त्र दिवसकै दिन कारागारमुक्त भएका धादिङ भूमिस्थानका भीमबहादुर तामाङ कारागार बसाइको आफ्नो भोगाइ सुनाउँदै भन्छन्, “चौकीदार विदेशी साहको कमाइ खाने अन्य बाटो पनि छ, चौकीदारकै पसलबाट चर्को मूल्यमा सामान किन्नुपर्छ, यदि किनिएन भने कुटाइ खानुपर्ने हुन्छ ।” यसबारेमा जिज्ञासा राख्दा वीरगञ्ज कारागारका जेलर चक्रपाणि गौतम सो आरोप अस्वीकार गर्दै शुरुशुरुमा कैदीबन्दी आउँदा नङ, कपाल, दाह्रीजुँगा लामोलामो र फोहरी हुने भएकाले वासिङ रुममा लगी सफाइ गर्ने, नुहाइदिने गरी अर्को कोठामा सारिने बताउछन् । गणतन्त्र दिवसका अवसरमा सो कारागारबाट २० कैदीबन्दी रिहा भएका थिए । एक हजार ५०० कैदीबन्दी अट्ने क्षमता रहेको सो कारागारमा हाल स्वदेशी महिला ७९, पुरुष ९०० तथा विदेशी महिला २२, विदेशी पुरुष १८० र चार बालबालिका गरी एक हजार १८१ जना कैदीबन्दी छन् । आन्तरिक प्रशासन ऐनले कारागार चलाउन कैदीबाटै असल चालचलन भएका कैदीलाई नायक राख्ने व्यवस्था भएअनुरुप साहलाई कैदी नाइकेका रुपमा राखिएको जेलर गौतमको भनाइ छ । कारागारभित्र रहेका कैदीमध्ये ५० प्रतिशत कैदीबन्दी लागुऔषधका अभियुक्त छन् । जीर्ण कारागार भवन, पानी निकासको समस्या, सरसफाइको अभाव, सुरक्षा कमी तथा समुदायबीचमा रहेको कारागारको कारण वरिपरिका बासिन्दालाई समेत समस्या पर्ने गरेको कारागार प्रशासनले जनाएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending