Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

सहकारीको जिम्मा अब स्थानीय तहलाई

\"\"डोल्पा। जिल्लाका सम्पूर्ण सहकारी संस्थाको जिम्मा तथा अभिलेख स्थानीय तहलाई दिइएको छ । डिभिजन सहकारी संस्था जुम्लाको आयोजनामा आज सदरमुकाम दुनैमा गरिएको स्थानीय तह पदाधिकारी तथा अधिकृतका लागि अभिमुखीकरण एवं अभिलेख हस्तान्तरण कार्यक्रममार्फत जिल्लाका ५३ सहकारी संस्थाको अभिलेख स्थानीय तहलाई बुझाइएको हो । जिल्लाका आठवटा स्थानीय तहमध्ये सातवटा तहमा मात्रै सहकारी संस्था रहेका छन् । त्रिपुरासुन्दरी नगरपालिकामा १९, ठूलीभेरी नगरपालिकामा २०, मुड्केचुला गाउँपालिकामा पाँच, जगदुल्ला गाउँपालिकामा चार, शेफोक्सुन्डो गाउँपालिकामा दुई, छार्काताङ्सोङ गाउँपालिकामा एक, काइके गाउँपालिकामा दुई सहकारी रहेका छन् भने डोल्पो बुद्ध गाउँपालिकामा एउटा पनि संस्था छैन । अभिमुखीकरण तथा अभिलेख हस्तान्तरण कार्यक्रममा सहकारी भएका सातवटा स्थानीय तहमध्ये काइके गाउँपालिकाका प्रमुख आफैं उपस्थित भएका थिए भने त्रिपुरासुन्दरी, ठूलीभेरी, जगदुल्ला, मुड्केचुलालगायतका स्थानीय तहबाट प्रमुख तथा उपप्रमुखको उपस्थिति नभई प्रतिनिधिमात्रै उपस्थित थिए । सहकारीसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम विशेषगरी स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीका लागि उपलब्धिमूलक भए पनि उनीहरुकै न्यून उपस्थिति रहेको पाइएको छ । यसअघि सहकारी दर्ताका लागि हप्तौँदिन बिसौँ हजार रकम खर्च गरेर जुम्लामै पुग्नु पथ्र्यो भने अब सहकारी दर्ता, खारेजी, अभिलेख राख्नेलगायतका सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइएको छ । कर्णालीका पाँचवटै जिल्लाका सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको डिभिजन सहकारी कार्यालय जुम्लाका द्रोणराज आचार्यले बताए।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy