२५ करोड घोटाला काण्डमा खानेपानी संस्थानका निर्देशकमाथि छानबीन शुरु
आषाढ़ ६ गते, २०७५ बुधवार 20th June, 2018 Wed०९:०१:२७ मा प्रकाशित
काठमाडौं।खानेपानी पाईप खरिद प्रक्रियामा घोटाला भएको विषयमा खानेपानी मन्त्रालयले नेपाल खानेपानी संस्थानका निर्देशक भुपेन्द्र प्रसादमाथि छानबीन शुरु गरेको छ ।
गर्त वर्ष खानेपानी संस्थानका लागि पाइप खरिदा गर्दा २५ करोड घोटाला गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।
पाइप खरिद गर्दा किरण वैद्यको एक्जिम नेपाल र भाइराजा नकर्मीको फर्मसँग मिल्ने क्राइटेरिया बनाई २५, २५ करोड रुपैयाँको टेण्डर पारेको भन्दै अख्तियारमा उजुरी परेको थियो । दुबै टेण्डरलाई नियतवश १०, १० दिनको फरकमा निकालिएको र सार्वजनिक खरिद ऐन अन्तर्गत ग्लोबल टेण्डर नगरी उल्लिखित दुबै फर्मलाई उक्त टेण्डर दिइएको आरोप उजुरीमा थियो । टेण्डरमा दुबै फर्मलाई ५० करोडको पाइप खरिद गर्न भनिएपनि नेपालगञ्ज भन्सार नाकाबाट १२ करोड र भैरहवा सुनौली भन्सार नाकाबाट १३ करोडको पाइप मात्रै भन्सार पास भएकोले २५ करोड घोटाला भएको उजुरीका आधारमा मन्त्रालयले छानबीन समिति गठन गरेको हो ।
अख्तियारले समेत छानबीनका लागि निर्देशन गरेको र मन्त्रालयले संस्थानका बारेमा नियमितजसो गुनासो आउन थालेपछि छानबीन समिति गठन गरेको छानबीन समितिका संयोजक गुणराज श्रेष्ठले बताए ।
मन्त्रालयले कानुन उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा मन्त्रालयका इन्जिनियरद्वय दिनेश अधिकारी, शेखर खनाल, लेखा अधिकृत राजेन्द्र प्रसाद घिमिरे र नेपाल खानेपानी संस्थानका विष्णु सुब्बा सदस्य रहने गरी पाँच सदस्यीय छानबीन समिति गठन गरेको छ । छानबीन समितिलाई सात दिन भित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको श्रेष्ठले बताए ।
खानेपानी संस्थानमा निर्देशक भुपेन्द्र प्रसाद र उनकै भाई इश्वरी प्रसाद उप निर्देशक रहेका छन् । कतिपय टेण्डर छनौट प्रक्रियामा निर्देशकले आफ्नै भाई इश्वरी प्रसादलाई मूल्यांकन समितिको जिम्मेवारी दिने र भाईले सिफारिस गरे अनुरुप आफूले सदर गर्ने आरोप समेत लाग्दै आएको छ । कर्मचारी नै भएपनि एकापरिवारका सदस्य नै मूल्यांकन सिफारिस र सदर गर्ने अख्तियारी पाएका कारण अन्य टेण्डर र खरिद प्रक्रियामा घोटाला भएको गुनासो आएपछि मन्त्रालयले छानबीन अघि बढाएको मन्त्रालयले जनाएको छ ।
निर्देशक प्रसाद देउवा सरकारको पालामा संस्थानको महानिर्देशक बनेका थिए । त्यतिखेर मोटो रकम दिएर संस्थानको शाखा प्रमुखबाट उनलाई महानिर्देशकमा ल्याइएको आशयका समाचार प्रकाशित भएका थिए । खानेपानी संस्थानमा अवैधरुपमा बोर्ड सदस्य थपिएको भन्दै गत साता बसेको मन्त्रीपरिषदको बैठकले जम्मा ९ जना मात्रै बोर्ड सदस्य रहने निर्णय गरेको थियो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: