Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सबैभन्दा अप्ठ्यारो मानिने नाउराको भिरमा पदमार्ग निर्माण

\"\"म्याग्दी। धौलागिरि चक्रिय पदमार्गको सबैभन्दा कठिन र अप्ठ्यारो मानिने नाउराको भिरमा पदमार्ग निर्माण गर्ने कार्य सम्पन्न भएको छ । धौलागिरि गाउँपालिका–४ स्थित नाउरादेखि बगर गाउँको बीचमा पर्ने भिरमा पक्की र ढुङ्गे सिँढीसहितको पदमार्ग निर्माण भएको हो । गाउँपालिकाको रु पाँच लाख र स्थानीयवासीले रु एक लाख बराबरको श्रमदान गरी कूल रु छ लाखको लागतमा २०० मिटर सो पदमार्ग निर्माण गरिएको छ । यसका साथै तीन किलोमिटर पुरानो पैदल मार्गसमेत मर्मत गरिएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर पुर्जाले बताए । पदमार्ग निर्माण भएपछि बगर, सिम्कोश गाउँका बासिन्दालाई आवतजावत र सामान ढुवानीमा सहज भएको छ । यसका साथै पदयात्रा र हिमाल आरोहणका लागि आउने पर्यटन, पथप्रर्दशक र भरियालाईसमेत सहज भएको छ । अक्करे भिरको बीचमा साँघुरो बाटो भएको नाउराको भिर म्याग्दी जिल्लाको सबैभन्दा कठिन पहाड मानिन्छ । माथिबाट ढुंगा खसिरहने यस भिरको फेदी भएर बग्ने म्याग्दी नदीको खोच छ । भिरबाट लडेर वर्षेनी एक, दुई जनाले ज्यान गुमाउने गरेका छन् । धौलागिरि आधार शिविर, बगर र सिम्कोश गाउँ जानका लागि यो पदमार्गको विकल्प छैन । विसं २०६६ मा नाउराको भिरमा पदमार्गको ट्र्याक खोलिएको थियो । द्वन्द्वकालमा तत्कालीन माओवादीले शुरु गरेको पदमार्ग निर्माण कार्यलाई शान्ति स्थापनापछि नेपाली सेनाको सहयोगमा विष्फोटक पदार्थको प्रयोग गरेर पहाड फुटाइ जिविसले पूर्णता दिएको थियो । पदमार्ग निर्माण हुनुअघि करीब तीन घण्टा उकालो घुमाउरो बाटो अथवा रसीमा झुण्डिएर पहाडमा यात्रा गर्नुपर्ने अवस्था थियो । पछिल्लो समय पदमार्ग निर्माण र सुधार गरिँदै गए पनि पर्याप्त बजेटको अभावमा अपेक्षाकृत काम हुन नसकेको बगर गाउँका अगुवा हरिप्रसाद तिलीजाले बताए । प्रशस्त पर्यटकीय सम्भावना बोकेको धौलागिरि चक्रिय पदमार्गको प्रवेश बिन्दुमा पर्ने नाउराको भिरलगायतका स्थानमा सुरक्षित पदमार्ग निर्माणका लागि प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । पदमार्ग फराकिलो र सुरक्षित बनाउने, विभिन्न खोलामा झोलुङ्गे पुल निर्माणका लागि समुदाय, प्रदेश र संघीय सरकारसंग समन्वय गरीने अध्यक्ष पुनले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy