Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

मेस्सीको बहिर्गमनसँगै अर्का खेलाडीको ‘उदय’, को हुन् उनी ?

कठमाडाैं। विश्वको अब्बल र मुटुको धड्कन नै रोकिदिने खालको एउटा रोमाञ्चक खेलपछि जब लियोनेल मेसीले किलियान एमबापेलाई अङ्कमाल गरे त्यो अविस्मरणीय क्षणले एकजना खेलाडीबाट अर्को खेलाडीमा महानता स्थानान्तरण भइरहेको संकेत दिएको थियो। कजान एरिनामा आर्जेन्टिना र फ्रान्सबीचको उक्त खेल हेरेका सबैजना तरङ्गित हुँदै रंगशालाबाट बाहिरिएका थिए। उनीहरूलाई थाहा थियो कि वर्षौँसम्म सम्झना भइरहने एउटा नकआउट चरणको विशेष खेल हेर्ने अवसर उनीहरूले पाएका थिए। र, एकजना खेलाडीले त्यस समयमा सबैको ध्यान आफूतिर तानेका थिए। एमबापे १९ वर्षका मात्रै छन्। तर उनले दुई गोल गरे। त्यति मात्रै होइन मैदानको आफ्नो भागतिरबाट विपक्षीतर्फ दौडेका उनले बल अघि बढाइरहँदा फ्रान्सले पेनाल्टीको अवसर पाएर आर्जेन्टिनाविरुद्ध पहिलो गोल गर्‍यो। सन् १९९८ को डिसेम्बर २० मा जन्मिएका एमबापे अहिले प्राविधिक रुपमा मोनाकोबाट सापटमा आएर पेरिस सेन्ट जर्मनबाट खेलिरहेका छन्। फ्रेन्च फुटबल च्याम्पियन उक्त क्लबमा उनी १८० मिलियन युरोमा आबद्ध हुन लागेका छन्। त्यो रकम अहिलेसम्म कुनै पनि फुटबल खेलाडीले पाएको दोस्रो बढी मूल्य हो। पीएसजीले ब्राजिलका अग्रपङ्क्तिका खेलाडी नेमारलाई सन् २०१७ मा २०० मिलियन युरो तिरेर अनुबन्धित गरेको थियो। एमबापेसँग तीव्र गतिमा दौड्ने क्षमता मात्रै होइन्। उत्कृष्ट कौशल, चाँडै सोच्न सक्ने क्षमता, दुईवटा चतुर पैतालाहरू, एउटा ठन्डा दिमाग, बहादुरी, विश्वास र गोल देख्न सक्ने सिपालु नजर छन्। उनको दुई गोल एकदमै आक्रामक र शक्तिशाली थिए। इङ्ग्ल्याणका पूर्वकप्तान एलान सिएरर भन्छन्, \'मैदानको बीचबाट अगाडि खेल्ने खेलाडीको त्यो अभूतपूर्व प्रदर्शन रहेको थियो। गति, गोल, निशाना र प्रविधि सबैमा उनी अब्बल देखिए। १९ वर्षको उमेरमा लाखौँ मानिसले हेरिरहेको खेल र त्यसमा पनि मेस्सी जस्ता विपक्षीविरुद्ध त्यस्तो खेल देखाउनसक्नु साँच्चै नै अभूतपूर्व हो। एमबापे प्यारिसको बाहिरी क्षेत्रमा जन्मिएका हुन् र उनले अन्तर्राष्ट्रिय फुटबलमा अघिल्लो वर्षमात्रै मौका पाएका हुन्। सन् २०१६-२०१७ मा मोनाकोबाट क्लब खेल शुरू गरेयता उनले निरन्तर सफलता चुमिरहेका छन्। उनले ४४ खेलमा २६ गोल गरेका छन् र उक्त क्लबलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्‍याउन र लिग वान जिताउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। फ्रान्सविरूद्धको खेलमा आर्जेन्टिनाले लय समाउन लागिरहँदा उनले गरेका दुई गोलले त्यसलाई रोकिदिएको थियो र त्यहीँ बेला विश्वसामु उनको तीक्ष्ण क्षमता उजागर भएको थियो।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies