Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

दुई तिहाईको दम्भमा सरकार अधिनायकवादी बन्यो: पशुपति शमशेर

काठमाडाैं । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष पशुपति शमशेर जबराले सरकार दुई तिहाई बहुमतको दम्भमा अधिनायकवादी बनेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राणाले संसदमा गृह मन्त्रीले डाक्टर गोबिन्द केसी प्रति दिएको अभिब्यक्तिले सरकारको अधिनायकबादी चरित्र प्रष्टिएको बताए । उनले जनताको पक्षमा लडिरहेको केसी अधिनाकबादी हुने र जनताको बिरोध गर्न पाउने मौलिक अधिकारलाई कुन्ठित गर्ने सरकार लोकतन्त्रबादी हुने भन्दै ब्यँग गरे। वर्तमान सरकारका प्रमुख केपी शर्मा ओलीले सम्पति सुद्धिकरण आयोग, राजश्व अनुसन्धान आयोग र राष्ट्रिय अनुसन्धान आयोगलाई प्रम कार्यालय मातहतमा ल्याउन खोज्नु शक्ति केन्दि«करण गर्ने अधिनायकवादि प्रबृतिको शंकेत भएको उहाँले बताए । राणाले सर्वोच्च अदालतले बालकृष्ण ढुँगेलका हकमा सुनायको सजायलाई वर्तमान सरकारले क्षमा दिएर न्यायपालिकाको मात्र अपमान नभएर शक्ति पृथकिकरणको मूल सिदान्तको समेत खिल्ली उडाएको बताए । केदारभक्त माथेमाको संयोजकत्वमा गठित चिकित्सा शिक्षा आयोगले र डाक्टर केसीले सिफारिस गरेको प्रवाधान सहितको बिधेक पारित नभए सम्म मेडिकल माफियाहरुको राज चलिरहने उहाँले बताए । उनले सरकाले बजार नियन्त्रण गर्न नसक्दा नेपाली जनताको ढाड सेकिएको र आकासिँदै गएको बजार मूल्यलाई नियन्त्रण गर्दै आपुर्ती बढाउने तर्फ अग्रसर बन्नु पर्नेमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल रहेको भन्दै उहाँले उत्तर र दक्षिण तर्फ नेपालको निकासी बढाउने ठोस योजनाहरु ल्याउन नसकेको बताए रेलका सवालामा दुई ठूला देश बीच खाका बनाएर कार्यान्वयन गर्न नसके घाटाको अवस्था भोग्नु पर्ने र यस्तो अवस्थामा केवल दूई भिमकाय देशको अर्थतन्त्रका अघि फलामे बरन्डा मात्र बन्ने तर्फ समेत बेलैमा सचेत हुनु पर्नेमा जोड दिए । अब छिट्टै नै छरियर रहेका राप्रपाहरु एक स्थाना उभिने समेत राणाले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy