Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

दस करोडको धुलो दूध आयात

विराटनगर। प्रदेश नं १ मा चालु आर्थिक वर्षमा रु १० करोड मूल्य बराबरको तीन लाख सात हजार १७५ किलोग्राम धुलो दूध तेस्रो मुलुकबाट आयात भएको छ । प्रदेश नं १ को भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयका अनुसार विराटनगर भन्सार कार्यालयले चालु आवको जेठ महिनासम्ममा उक्त परिमाणको धुलो दूध आयात गरिएको हो । चालु आवको जेठ महिनासम्ममा आयात गरिएको धुलो दूधबाट ३६ लाख ८६ हजार लिटर दूध उत्पादन हुनसक्छ । एककिलो ग्राम धुलो दूधबाट १२ लिटर दूध उत्पादन गर्न सकिन्छ । निजी डेरीले धुलो दूध प्रयोग गर्दा किसान समस्यामा परेका मन्त्रालयका उपसचिव डा अशोक सिंहले बताए । धुलो दूधबाट दूध बनाउँदा स्वास्थ्यमा असर नपर्ने र धुलो दूध तथा गाईभैँसीको दूध छुट्याउन नसकिने पूर्वाञ्चल खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रमोद कोइराला बताउछन् । अहिले सिरहा, सप्तरीलगायत पूर्वाञ्चलका जिल्लामा निजी डेरीले बिक्री गर्ने गरेको दूधको जाँच र अनुगमन शुरु गरिएको छ । गुणस्तरहीन दूध उत्पादन गर्ने ६ वटा व्यावसायिक फर्ममाथि मुद्दा दायर गर्ने तयारी भइरहेको कोइरालाले बताए । प्रदेशका किसानले उत्पादन गरेको दैनिक रु एक करोड मूल्य बराबरको दूध बिक्री हुन नसकेको डा सिंहले बताए । किसानले उत्पादन गरेको दुई लाख ८५ हजार लिटरभन्दा बढी दूधले बजार पाउन सकेको छैन । आर्थिक वर्ष २०७२/७३ मा भन्दा आव २०७३/७४ मा प्रदेशको दूध उत्पादन चार प्रतिशतले वृद्धि भएको उक्त मन्त्रालयको पशुपक्षी विकास महाशाखाले जनाएको छ । आव २०७३/७४ मा ५४ करोड ९७ हजार लिटर दूध उत्पादन भएको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy