Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

अर्थमन्त्री खतिवडाको जवाफ: बजेट सन्तुलित छ

काठमाडौँ। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटको आकार सही र संघीय संरचनाअनुसार सन्तुलित भएको बताएका छन्। राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाएको प्रश्नको आज जवाफ दिँदै उनले संघ, प्रदेश र स्थानीय तहमा राजश्वको बाँडफाँड एवं स्रोत परिचालनमा सन्तुलन कायम गरिएको बताए । अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “बजेट उपयुक्त आकारको छ । प्रादेशिक तवरले बजेट सन्तुलित छ । भूगोलको आधारमा बजेट दिएको छैन । सत्तरी प्रतिशत जनसंख्या र बाँकी प्रतिशत अन्य क्षेत्रलाई दिएर सन्तुलन कायम गरिएको छ ।” उनले सबैलाई सन्तुलित हुने गरी बजेट आएकाले त्यसलाई सोहीअनुसार बुझिदिन आग्रह गरे । संघीय संरचनाअनुसार तयार भएका ७६१ वटा सरकारले ल्याएका बजेटलाई हेर्ने हो भने विनियोजित रु १३ खर्ब १५ खर्ब १६ करोडको बजेट सही आकारको भएको भन्दै उहाँले प्रदेशसहितको बजेटलाई ध्यान दिन आग्रह गरे । चालू आयोजनाको हकमा संघमा भए पनि तल क्षमता विकास हुँदै जाँदा हस्तान्तरण गरिने जानकारी दिँदै अर्थमन्त्री डा खतिवडाले संघको कार्यक्रम अन्ततः स्थानीय तहमार्फत नै सञ्चालन हुने भएकाले साझेदारी स्थानीयरुपमा जानुपर्ने बताए । उनका अनुसार शिक्षा र कृषिमा प्रदेशमा कति अधिकार दिएको भन्नेबारे ७६१ वटा सरकारमा खोजियो भने प्रष्ट हुन सकिन्छ । त्यसैगरी कृषि क्षेत्रमा पनि सिँचाइ, वन वातावरणलगायत क्षेत्रबाट हेर्ने हो भने कृषिका लागि पर्याप्त बजेट छ । विज्ञ समूह खास प्रयोजनका लागि तयार गरिएको भन्दै त्यसको औचित्यका आधारमा अगाडि बढाइने बताउँदै अर्थमन्त्री डा खतिवडाले चौमासिक निकासाका कारण बजेट कार्यान्वयन नभएको र प्रणालीगत कारणले समस्या भएको जानकारी दिए । घोषणापत्र, नीति कार्यक्रम र बजेटका बीचमा तालमेल नमिलेको भन्ने सांसदको प्रश्नमा उनले त्यसलाई सम्बोधन गरेर अगाडि बढेको बताए । अर्थमन्त्री डा खतिवडाले बजेट कार्यान्वयनमा समस्या, खरिद ऐनमा समस्या तथा निर्माण व्यवसायीलाई जिम्मेवार बनाउनेजस्ता विषयमा सरकार जिम्मेवार भएर अगाडि बढ्ने स्पष्ट पारे ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy