Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि संसद छलफल

काठमाडौँ। व्यवस्थापिका संसद्को आजको बैठकमा प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसद्वारा प्रस्तुत चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा सुधारका लागि विधेयक तत्काल ल्याई अनशनरत प्रा डा गोविन्द केसीको जीवन रक्षा गर्न पेश गरेको जरुरी सार्वजानिक महत्वको प्रस्तावमाथि छलफल भयो । सो पार्टीका सांसद दिलेन्द्रप्रसाद बडूद्वारा प्रस्तुत सो प्रस्तावलाई सांसद अतहर मुसलमान र पार्वती डिसी चौधरीले समर्थन गरेका थिए । छलफलमा भाग लिँदै सांसद बालकृष्ण खाँणले संविधान प्रदत्त शिक्षा र स्वास्थ्य मौलिक अधिकारलाई उपभोग गर्न पाउन् भन्नाका लागि प्रा डा गोविन्द केसीले उठान गरेको मागलाई सम्बोधन गर्न सरकार गम्भीर बन्न आग्रह गरे । सांसद योगेश भट्टराईले प्रा डा गोविन्द केसी सरकारको हिरासतमा नरहेको चर्चा गर्दै २० जना मेडिकल सञ्चालकले मार्सीचामलको भात चरेशको थालमा खाएका छन् कि दुना टपरीमा खाएका छन् छानबिन गर्न माग गर्दै काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्ने कि नखोल्ने जनताको मागले निर्धारण गर्छ भने । उने – “नेकाले गोविन्द केसीको मागलाई लिएर भावनात्मक सौदाबाजी गरेको छ ।” सांसद विमलप्रसाद श्रीवास्तवले चिकित्स शिक्षा र समग्र स्वास्थ्य सुधारका लागि छिटो नयाँ विधेयक ल्याउन माग गरे । सांसद डा मीनेन्द्र रिजालले चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सुधारका लागि माथेमा आयोगको भावना अनुसार अधिल्लो सरकारले जारी गरेको अध्यादेश अनुरुप नयाँ विधेयक ल्याउन माग गर्दै सत्ताको उन्मुखमा सरकारले डा केसीको मागलाई बेवास्ता गर्नु दुःखद रहेको टिप्पणी गरे । सांसद खगराज अधिकारीले प्रादेशिक अधिकारलाई खोस्ने काम सार्वजानिक महत्वको प्रस्ताव गरेको भन्दै डा केसीको १४ पटकसम्मको मागमा सहमति गर्ने कुन पार्टी हो रु भन्ने प्रश्न गरे । सांसद सरिता गिरीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको भूमिका अहं रहेको हुँदा प्रमुख प्रतिपक्षी दलले पेश गरेको जरुरी सार्वजानिक प्रस्ताव र डा केसीको मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद मानबहादुर विश्वकर्माले प्रस्तावलाई समर्थन गर्दै अधिल्लो सरकारले जारी गरेको चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सुधारका लागि विधेयकको भावनाअनुरुप नयाँ विधेयक ल्याउन माग गरे । सांसद रेखा शर्माले डा गोविन्द केसीको मागलाई छिटो भन्दा छिटो समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउँदै उपत्यकामा कति मेडिकल खोल्न पाउने भन्ने कुराको निर्धारण आवश्यकताले सम्बोधन हुने बताए । सांसद पुष्पा भुषाल गौतमले सार्वजानिक महत्वको प्रस्तावलाई समर्थन गर्दै डा केसी जुम्लामा अनशन बस्दा सरकार किन बेखबर रह्यो भन्ने प्रश्न गरे । सांसद कृष्णभक्त पोखरेलले प्रमुख प्रतिपक्षी दल नेकाले विधि, प्रक्रिया विपरीत जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याएको हुँदा प्रस्ताव फिर्ता लिन माग गरे । सांसद पद्मनारायण चौधरी, नारदमुनि राना, ज्ञानेन्द्रबहादुर कार्कीले छलफलमा भाग लिएका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy