Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

साक्षर घोषणा हुने अवस्थामा मोरङ

विराटनगर। नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ । यो घोषणा गरेको समयमा नेपालमा त्यतिखेर करीब ५१ लाख ७३ हजार ९७७ जना निरक्षर रहेका थिए भने अहिले दुई लाख ९७ हजा ९४३ जना मात्र निरक्षर रहेको अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले जनाएको छ । त्यसताका नेपालमा साक्षरता ४३ प्रतिशत थियो भने अहिले करीब साक्षर देश घोषणा हुन सक्ने अवस्थामा पुगेको केन्द्रका उपसचिव बालकृष्ण गैरले जानकारी दिए । सरकारले निरक्षरलाई उन्मूलन गर्न र साक्षर देश बनाउन विगतदेखि नै राष्ट्रिय शिक्षा नारालाई परिवर्तन गर्दै यसवर्ष ‘सबैका लागि जीवन पर्यन्त शिक्षा’ कायम गरिएको सन्दर्भलाई यस वर्ष विद्यार्थी भर्ना अभियानलाई तीव्रता दिएको पाइयो । ‘साक्षर बनौँ, साक्षर बनाऔँ’ साक्षर नेपाल अभियानमार्फत थालिएको विद्यार्थी भर्ना अभियानमा मोरङ जिल्लाले हासिल गरेको सफलताबाट नै आउँदो भदौ ३१ गते साक्षर जिल्ला घोषणा गर्ने अवस्थामा पुगेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख राजकुमार थापाले बताए । कूल नौ लाख ६४ हजार ४९४ जनसंख्या रहेको मोरङमा २० हजार ३७१ जना निरक्षर छन् । जिल्लाका आठ गाउँपालिका, आठ नगरपालिका तथा एक महानगरपालिकामा विभाजित यो जिल्ला राजनीतिक, आर्थिक र सामाजिक दृष्टिकोणबाट पनि महत्वपूण मानिएको छ । घोषणा हुने आधार ९६.५९ प्रतिशत साक्षरता प्रतिशत पूरा गरेकाले साक्षर जिल्ला घोषणा गर्न अहिलेदेखि नै तयार गरिरहेको शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख थापाको भनाइ छ । गाउँपालिकामा केराबारी, ग्रामथान, मिक्लाथुङ र पथरीशनिश्चरे नगरपालिकामा शत्प्रतिशत साक्षर रहेको र केही गाउँपालिका एवं नगरपालिका साक्षर जिल्ला घोषणा हुने मापदण्डभित्र नपरे पनि ती गाउँपालिका र नगरपालिकामा साक्षर अभियान जारी नै रहने बताइएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy