Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

दिवंगत स्रष्टाको शव एकेडेमीमा राख्ने कि नराख्ने ?

काठमाडौँ। साहित्यकार तथा कलाकारको निधनपछि श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरमा पार्थिव शरीर राखिँदै आएकामा उक्त स्थानको विकल्पबारे बहस शुरु भएको छ । निधनपछि स्रष्टालाई राज्यको प्राज्ञिक निकायको डबलीमा राखेर सम्मान तथा श्रद्धाञ्जलि दिने परम्परा रहेकामा प्रतिष्ठानमा क्रियाशील तीन वटै कर्मचारी संघसंगठनले यसको विरोध गरेपछि बहस उत्पन्न भएको हो । साहित्यिक वातावरणको संस्थालाई ‘मूर्दाघर’ बनाउन नहुने भनी लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघका अध्यक्ष अशोककुमार चौरसिया, प्रज्ञा प्रतिष्ठान कलाकार तथा कर्मचारी संगठनका अध्यक्ष विश्वमोहन राजभण्डारी र प्रतिष्ठान, नेपाल राष्ट्रिय कर्मचारी संगठनका धनबहादुर कार्कीले संयुक्त रुपमा यही असार १६ गते कुलपति गंगाप्रसाद उप्रेतीसमक्ष ध्यानाकर्षण गराएका थिए। स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको २०४७ मङ्सिर १९ मा निधनपछि सो परिसरमा श्रद्धाञ्जलिका लागि शव ल्याउने प्रचलन शुरु भएको हो । राजधानीको केन्द्रमा रहेको र पर्याप्त पार्किङस्थल भएको प्रज्ञा–प्रतिष्ठानमा दिवंगत स्रष्टालाई राज्यका उच्च तहका व्यक्ति र साहित्यकार–शुभेच्छुकले श्रद्धाञ्जलि दिने र त्यसपछि अन्त्येष्टिका लागि शवयात्रा आरम्भ हुँदै आएको छ तर सो स्थानमा कुन तहका साहित्यकार वा कलाकारको शव राख्ने भन्ने मापदण्ड नतोकिँदा यो कार्य व्यवस्थित बन्न सकेको छैन । कतिपय साहित्यकार र तिनका परिवारले बितेपछि त्यसरी शव राखिनुलाई सस्तो प्रचार ठानेर त्यो कार्य उचित नभएको बताउने गरेका छन् भने कतिपयले आफू जीवित छँदा राज्य र राज्यका प्राज्ञिक निकायले सम्मान नगरेकाले बितेपछि त्यहाँ नलान आग्रह गरिरहेका हुन्छन् । प्रतिष्ठानका तत्कालीन उपकुलपति केदारमान व्यथितले एक स्रष्टालाई परिसरमा श्रद्धाञ्जलि दिँदै गर्दा आफ्नो ‘चित्त दुखेर’ आफू बितेपछि आफ्नो शव त्यहाँ नल्याउन आग्रह गरेको थियो । प्रतिष्ठानकै पूर्वउपकुलपति मोहन कोइराला, साहित्यकार पारिजातको पूर्वघोषणाबमोजिम उहाँहरुको शव पनि प्रतिष्ठानमा राखिएको थिएन । तत्कालीन उपकुलपति मदनमणि दीक्षितले एक कलाकारको निधनपछि त्यहाँ ल्याउन खोजिएको शव रोकाउन खोज्दा त्यस क्षेत्रबाट आपत्ति आएपछि शव ल्याउन खुला गरिएको थियो । प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी संगठनका अध्यक्ष राजभण्डारीले ‘साहित्यिक र सांस्कृतिक वातावरणले आनन्द दिने स्थानलाई मूर्दाघरमा परिणत गर्ने स्थितिको अन्त्य गर्न’ आफूहरुले माग गरेको बताउनुभयो । “प्रतिष्ठानका हलमा विभिन्न सांस्कृतिक कार्यक्रम भइरहेका हुन्छन्, मान्छेहरु भोज खाइरहेका हुन सक्छन्, त्यस्तो बेलामा पार्थिव शरीर ल्याउँदा वातावरण वियोगान्त बन्न पुग्छ । त्यसैले अब यो क्रम रोकिनुपर्छ ।” ज्ञापनपत्र बुझेपछि कूलपति उप्रेतीले यसबारे प्राज्ञ परिषद्को कार्यसूचीमा राखेर निर्णय गर्ने आश्वासन दिएका थिए । प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले कर्मचारी संगठनले दिएको ध्यानाकर्षणपत्रलाई परिषद्मा राख्न बाँकी रहेको बताउँदै शव ल्याउन रोक लगाउने वा निश्चित मापदण्ड बनाउने भन्नेबारेमा छलफल हुने जानकारी दिए। उनले पुनःनिर्माणको कामसमेत चलिरहेकाले शव बाहिर निकाल्ने पूर्वतिरको ढोकामा निर्माण सामग्री रहेकाले तत्कालका लागि शव ल्याउन र पठाउन गाह्रो हुने प्रतिक्रिया दिए । प्रतिष्ठानका पूर्वसदस्य सचिव डा तुल्सीप्रसाद भट्टराईले भने स्रष्टाहरु बितेपछि सम्मानका लागि प्रतिष्ठानको डबलीमा शव राख्ने परम्परा कायम हुनु उचित भएको बताए। नेपाल सरकारसँग पनि परामर्श गरी विकल्प खोजेर प्रतिष्ठानले निर्णय गर्ने बताइएको छ । वर्तमान प्राज्ञ परिषद्को कार्यकाल आगामी भदौ २३ मा सकिँदैछ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending