Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

विश्वकप: फ्रान्स र क्रोएसियामध्ये को अब्बल ? यस्तो छ बिगत

काठमाडाैं । आइतवार हुने विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्य लिएको क्रोएसियाले दोस्रो पटक विश्वकप विजेता बन्न आतुर फ्रान्सको सामना गर्दैछ । तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको फ्रान्सले २० वर्षअघि प्यारिसमा प्राप्त सफलता दोहोर्‍याउन चाहेको छ। फ्रान्सलाई नेतृत्व दिइरहेका डिडे डेसाँले तेस्रो ठूलो प्रतियोगितामा टोलीको जिम्मेवारी वहन गरिरहेका छन् र उनी खेलाडी र व्यवस्थापकका दुवैका रुपमा उपाधि उचाल्ने तेस्रो व्यक्ति बन्ने दाउमा छन्। उनका समकक्षी ज्लाट्को डालिक जम्मा नौ महिनादेखि क्रोएसियाली टोलीका व्यवस्थापक छन्। उनी विश्व फुटबलको सबैभन्दा ठूलो सफलताबाट मात्रै ९० मिनेटको दूरीमा छन्। र, त्यसो भयो भने त्यो विश्वकप इतिहासकै सबैभन्दा अविश्वसनीय जित जित हुनेछ। ४१ लाख ७० हजार जनसंख्या रहेको क्रोएसिया विश्वकप फुटबलको फाइनलमा पुग्ने सबैभन्दा सानो देश हो भन्ने तपाईँलाई लाग्नसक्छ। तर त्यो कीर्तिमान युरुग्वेले राखेको छ। सन् १९३० मा विश्वकपको उपाधि जित्दा युरुग्वेको जनसंख्या लगभग १७ लाख थियो। फिफाको विश्व वरीयतामा २०औँ वरीयतामा रहेको डालिक नेतृत्वको क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने सबैभन्दा कम वरीयतामा रहेको टोली हो। विश्वकपको फाइनलमा पुग्ने १३ देशमध्ये एक क्रोएसिया हो। अहिलेसम्म फुटबलमा पाएको यो उनीहरूको सबैभन्दा ठूलो सफलता हो। २० वर्षअघि उनीहरू विश्वकप फुटबलमा तेस्रो स्थानमा पुगेका थिए। तर त्यसबेला पनि उनीहरू सेमिफाइनलमा फ्रान्सबाट पराजित भएका थिए। यसपटक उनीहरूको फाइनलसम्मको यात्राले इङ्ग्ल्याण्डको सपना समाप्त पारिदियो। साथै त्यसले जाग्रेब र अन्यन्त्र व्यापक हर्षबढाइँ गरिएको थियो। हजारौँ समर्थकले चोकमा आएर नाचगान गर्नुका साथै रातो, सेतो र निलो बुट्टा भएको झण्डा र पताका फहराएका थिए। क्रोएसिया अब विश्वकपको फाइनलमा पुगको छ, \'स्पोर्ट्सकी नोभोस्ती समाचारपत्रले लेखेको छ, सन् १९९८ को भन्दा ठूलो उपलब्धितर्फ डोर्‍याएर डालिकले आफूलाई \'दन्त्यकथाको नायक\' जस्तो स्थानमा पुर्‍याएका छन्। उसले भनेको छ, \'यसबेलाको सन्दर्भ फरक छ, खेलाडीहरू थप परिपक्व भएका छन् र हामीसँग किलियान एमबाप्पे पनि छन्।\' अग्रपङ्क्तिबाट खेल्ने एमबाप्पे एकदमै लयमा छन् र उनी विपक्षी क्रोएसियाले \'खडा गर्ने घेरा तोड्ने फ्रान्सको बलियो हतियार बन्न सक्ने\' मध्येका एक खेलाडी हुन्। फ्रान्सका सञ्चारमाध्यमहरूले विश्वकप फाइनलका लागि टोलीले गरिरहेको थप प्रशिक्षणको पनि चर्चा गरिरहेका छन्। उनीहरूले क्रोएसियाभन्दा २४ घण्टा अगावै सेमिफाइनल खेल्न पाए र उनीहरूले नकआउट चरणका आफ्ना सबै खेलहरू निर्धारित ९० मिनेटकै समयमा जिते। तर क्रोएसियालाई समूह चरणपछिका तीनवटै खेल जित्न अतिरिक्त समय आवश्यक पर्‍यो। दुईवटा प्रतिस्पर्धाको टुङ्गो पेनाल्टीमार्फत लागेको थियो। ले फिगरोका अनुसार क्रोएसिया एकदमै शक्तिशाली प्रतिस्पर्धा हो जोसँग क्षमतावान् खेलाडीहरू छन् र उसले जुनसुकै बेला समस्या निम्त्याउन सक्छ। ले पोइन्टले भने खेलाडीहरूको मनस्थितिलाई जोड दिएको छ। थप गरिएको समयमा खेल्दा पनि क्रोएसियाका खेलाडीहरूको मानसिक अवस्था \'त्रुटिरहित\' रहेको छ र उक्त टोली ुअपराजित रहनसक्नेू देखिन्छ। सम्भवतः फाइनलमा कुनै एक खेलाडीको प्रतिभाले खेलको छिनोफानो गर्नेछ। विश्वकप शुरू हुँदा यो प्रतियोगिता पछिल्लो पुस्ताकै दुई महान् खेलाडीहरू पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र आर्जेन्टिनाका लियोनल मेस्सीबीचको प्रतिस्पर्धा बन्ने ठानिएको थियो। तर दुवै टोली अन्तिम १६ बाट अघि बढ्न सकेनन् र अन्य खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने र सम्मानित सुनको बलको उपाधि जित्ने अवसर खुल्यो। अहिलेसम्म केही खेलाडीहरूले उत्कृष्ट खेल देखाए पनि कुनै पनि खेलाडीले उक्त पुरस्कार प्राप्त गर्ने शैलीको खेल कौशल देखाएका छैनन्। के उसो भए उक्त सम्मानका लागि फाइनल खेल नै निर्णायक बन्ने हो तरु रोचक के छ भने पछिल्लो ६ संस्करणमा सुनको बल जित्ने खेलाडीहरू विश्वकप विजेता टोलीका सदस्यहरू थिए। यो वर्ष त्यो परिवर्तन पनि हुनसक्छ। क्रोएसियाका मध्यपङ्क्तिका खेलाडी लुका मोडरिचले अहिलेसम्मको आफ्नो खेलका लागि व्यापक प्रशंसा पाएका छन्। आर्जेन्टिनाविरुद्ध समूह चरणमा उत्कृष्ट खेल्दा उनले म्यान अफ द म्याचको पुरस्कार पाएका थिए। फ्रान्सका अग्रपङ्क्तिका खेलाडी एमबाप्पेले आर्जेन्टिनाविरुद्ध दुई गोल गर्दै आफूलाई अब्बल खेलाडीको कोटीमा उभ्याए। उनले सन् १९५८ को विश्वकप फाइनलमा किशोर उमेरका ब्रजिलका महानतम खेलाडी पेलेले गरे जस्तो प्रदर्शन क्रोएसियाविरुद्ध चाहना राखेका छन्। फाइनलमा एमबाप्पेसँगै फ्रान्सका लागि तीन गोल गरेका आन्ट्वान ग्रिजम्यानले कस्तो खेल देखाउलान भन्ने चासो पनि सर्वत्र छ। दुवै खेलाडीलाई फाइनलमा उनीहरूले हयाट्रिक अर्थात् तीन गोल गरे भने सुनको जुत्ताका लागि उनीहरूले ६ गोल गरेका इङ्ग्ल्याण्डका हेरी केनकै स्थानमा आफू उक्लिनसक्ने थाहा पाएका छन्। \'हाम्रो तेजिलो टोली फाइनलमा पुगेको छ, हामी सपनामा छौँ र अब एक पाइलामात्रै अघि बढ्यौँ भने पनि उपाधि उचाल्नेछौँ,\'युटार्नयी लिष्टले लेखेको छ। फ्रान्स स्वदेशमै भएको युरोपेली च्याम्पियनशीपको फाइनलमा पुगेको थियो र उत्कृष्ट टोली भनिएको भए पनि त्यसबेला पोर्चुगलबाट पराजित भएको थियो। त्यसबेलाको पराजयको सम्झनाले अहिले राष्ट्रिय टोलीलाई थप बलियो बनाइरहेको छ। सुड ओएस्ट अखबारले आइतवार दुई वर्षको घाउ निको पार्ने अवसर भएको उल्लेख गरेको छ। बीबीसीको सहयोगमा
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy