Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

जडीबुटी निर्यात घट्यो

बागलुङ। यस जिल्लाबाट हुने जडीबुटी निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७४÷७५ मा घटेको छ । गत आवमा २५ हजार ४९० किलो जडीबुटी बाहिर निर्यात भएकामा यो वर्ष जम्मा १७ हजार १९ किलो निर्यात भएको हो । जुडीबुटी निर्यातबाट रु एक लाख ९८ हजार ३४० राजश्व उठेको जिल्ला वन कार्यालय बागलुङले जनाएको छ । आव २०७३÷७४ मा दुई रु लाख ७५ हजार ७२५ राजश्व संकलन भएको थियो । जिल्लाबाट २० प्रजातिका जडीबुटी निर्यात हुने गरेको जिल्ला वन अधिकृत विशाल घिमिरेले बताउनुभयो । उहाँका अनुसार सतुवा, वन लसुन, चिराइतो, नागबेली, पाखनवेद, अतिस, साधारण च्याउलगायतका जडीबुटी निर्यात हुने गरेका छन् । जिल्लामा ९० प्रजातिका जडीबुटी तथा गैरकाष्ठ वन पैदावर सूचीकृत छन् । संकलन र प्रशोधन अभावमा बहुमूल्य जडीबुटी त्यसै खेर गइरहेको छ । “यहाँको जंगलमा प्रशस्त जडीबुटी छ, अनुसन्धान र पहिचान हुन सकेको छैन,” अधिकृत घिमिरेले भने, “निर्यात न्यून मात्रामा छ ।” उनले जडीबुटी संकलनका लागि ठूला व्यवसायी जिल्लामा नआएको उल्लेख गरे । व्यक्तिगत प्रयोग र थोरै परिमाणमा मात्र जडीबुटी संकलनका लागि वन कार्यालयबाट इजाजत लिनेको संख्या बढी छ । “थोरैको पूर्जी लिने तर धेरै संकलन गरेर अवैध रुपमा निकासी भएको हुनसक्छ,” अधिकृत घिमिरेले भने, “त्यसलाई रोक्न उपयुक्त विधि निर्माण गर्ने योजनामा छौँ ।” जिल्ला वन कार्यालयले इजाजत लिएका व्यक्तिलाई जडीबुटी संकलनका लागि एक महिनाको अवधि दिने गरेको छ । जडीबुटीको कारोबार गर्ने मुख्य व्यवसायीले खटाएका प्रतिनिधि संकलनमा खटिने गरेका छन् । वनको चारकिल्ला र जडीबुटीको मात्रा ताकेर पूर्जी दिने गरिएको सहायक जिल्ला वन अधिकृत रामबहादुर विकले बताए । सीप, उपकरण र प्रशोधन केन्द्रको अभावले जडीबुटीको बजारीकरण हुन नसकेको उन को भनाइ छ । परम्परागत हिसाबले पहिचान भएका केही जडीबुटीको सामान्य किनबेच हुने गरे पनि त्यो व्यवस्थित हुन सकेको छैन । आधुनिक प्रविधिबाट जडीबुटीको पहिचान र प्रशोधन गरी बजारीकरण गर्न सकिए वार्षिक करोडौँ रुपैयाँ जिल्लामा भित्र्याउन सकिने देखिन्छ । जिल्लाको ढोरपाटन, घुम्टे, ताराखोला, गाजाको दहलगायतका क्षेत्र जडीबुटीका लागि पकेट ठाउँ मानिन्छन् । जडीबुटीखेती कार्यक्रमअन्तर्गत जिल्ला वन कार्यालयले टिमुर, सुगन्धवाल, अम्रिसो र लौठसल्ला रोपण गर्दैआएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending