Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

शुल्क वृद्धिको विरोधमा विद्यार्थीले लाए ताला

\"\"झापा। विद्यालयले अत्यधिक शुल्क वृद्धि गरेको भन्दै झापाको बिर्तामोड–५ स्थित देवी माविमा विद्यार्थीले तालाबन्दी गरेका छन् । विद्यालयले २४ प्रतिशतभन्दा बढी शुल्क वृद्धि गरेपछि नेविसंघ २ नं क्षेत्रीय समितिले तालाबन्दी गरेको हो । विद्यार्थी र अभिभावकको ढाड भाँच्ने गरी शुल्क वृद्धि गरिएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको नेविसंघका नेता मिलन चापागाईंले बताए । “अघिल्लो वर्ष भर्ना शुल्क पाँच हजार थियो, यो वर्ष बढाएर आठ हजार बनाइएको छ”, तालाबन्दीको कारण खुलाउँदै उनले भने, “मासिक शुल्क पनि १२ सयबाट १५ सय बनाइएको छ ।” सरसफाइलगायत अन्य शीर्षक थप गरेर अत्यधिक शुल्क वृद्धि गरिएको जनाइएको छ । विद्यालयमा तालाबन्दी गरिए पनि विद्यालय व्यवस्थापन समितिले कुनै चासो नदिएको नेविसंघ क्षेत्रीय समितिले जनाएको छ । शुल्क वृद्धि फिर्ता लिन पटक–पटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएपछि असार ३१ गते विद्यालयको लेखा शाखामा पनि तालाबन्दी गरिएको चापागाईंले बताए । यता, विद्यालयले विद्यार्थीले तालाबन्दी गरेलगत्तै आकस्मिक सूचना जारी गरेर विद्यालय बिदा दिएको छ । कक्षा १० सम्मका विद्यार्थीलाई साउन ४ गतेसम्म बिदा दिइएको छ । नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ को साउन १ गतेदेखि कक्षा सञ्चालन हुने भनिएकामा अर्को सूचना प्रकाशन नभए सम्मका लागि कक्षा सञ्चालन स्थगित गरिएको छ । उता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानुराम प्रसाईंले विद्यालयमा आग्रह–पूर्वाग्रहका आधारमा तालाबन्दी गरिएको बताए । “जिल्लाभरको विद्यालयमा शुल्क वृद्धि भएको छ”, उनले भने, “देवी माविमै किन तालाबन्दी गरियो, यसमा राजनीतिक पूर्वाग्रह छ ।” अभिभावक र विद्यालय व्यवस्थापन समितिको छलफलमा पनि शुल्क वृद्धिमा अभिभावकको कुनै गुनासो नभएको अध्यक्ष प्रसाईंले दाबी गरे ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy