Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

ऋण तिर्न विदेशिएका गर्भुको शव बाकसमा अाएपछि..

बर्दिवास । विदेश गएका पतिले कमाएर ल्याउने रकमले सबै आवश्यकता पूरा गर्ने महोत्तरी जिल्लाको भंगहा नगरपालिका–४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले सँगालेकी सपना चकनाचुर भए जब उनका पति बाकसमा लास बनेर आए । साहुको ऋण तिर्ने, साना नानीहरुलाई नयाँ कपडा दिने र घरको आवश्यकता पूरा गर्ने सपना संगालेर सउदीअरब गएका पति गर्भु बाँतरको शव बाकसमा आएसँगै सियान्कीदेवीको सपना चकनाचुर भएको हो । गत जेठ ६ गते सउदीअरबमा सडक दुर्घटनामा मृत्यु भएका गर्भुको शव गत मंगलबार घर आएर उनको अन्तिम संस्कार पनि सम्पन्न भइसकेको छ । तर पराले झुप्रोको पिँढीमा बिलौना गर्दै ढलेकी सियान्की भने अझै उठेकी छैनन् । ‘आब कोन आधार स जियब्’ (अब के आधारले बाँच्ने होला) घरमा भेट्न आउने आफन्तसँग सियान्की यस्तै बिलौना गरिरहेकी भेटिन्छिन् । गरिबी, अभाव र अशिक्षा एवं सामाजिक चेतनाले पछि परेको तराईको आदिवासी दलित जातिका ४२ वर्षीय गर्भु दुई वर्षअघि रोजगारीका लागि सउदीअरब गएका थिए । गत जेठ ६ गते सडक दुर्घटनामा मृत्यु भएका उनको शव गतमंगलबार बाकसमा बन्द भएर घर आउँदा परिवारजनमात्र नभएर पूरै बाँतर बस्ती शोकमा डुबेको छ । गर्भुकी ठूली छोरीको बिहे भए पनि अरु चार सन्तानमध्ये कान्छा छोरा चार वर्षीय आशिक बाँतर भने बाबुको मृत्युबारे पूरै बेखबर छन् । “हमर बाबु चकलेट लतै” (मेरो बाबुले चकलेट ल्याइदिन्छन्) आफ्नै उमेरका साथीसँग खेल्न व्यस्त रहेका आशिक भनिरहेका हुन्छन् । विदेशमै मृत्यु भएका गर्भुका परिवारले पाउने सुविधा र क्षतिपूर्तिबारे अहिले यकिन नभएको भंगहा–४ का वडाध्यक्ष अशोककुमार महतोको भनाइ छ । अब गर्र्भुको क्रियाकर्म सकेर सोबारे पहल थालिने महतोले बताए।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy