Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

प्रधानमन्त्रीको प्रतिबद्धता “हाम्रो नेपाल : हामी नेपाली, हामी जनताका सेवक”

काठमाडौैँ। प्रधानमन्त्री केपी शर्मा ओलीले “हाम्रो नेपाल : हामी नेपाली, हामी जनताका सेवक”को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गरका छन्। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा छमहिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रशिक्षार्थीहरुले तयार गरेको विभिन्न प्रतिबद्धतामा नयाँ प्रतिबद्धता लेखेर थप्दै त्यसलाई आफूले पालना गर्ने र अरुले पनि गर्नुपर्ने बताएका हुन् । उनले सधैँ सफा र स्वच्छ व्यक्तिका रुपमा रहन पनि नयाँ अधिकृतलाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले कर्मचारीले जहाँ पुगे पनि उज्यालो ज्योतिका रुपमा रही नवप्रवर्तनकारी काम गरेर मुलुकको सार्वभौमिकता, भूराजनीति, जात, धर्म, संस्कृति र चाडहरुको महत्व बुझेर मुलुकलाई सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै भने, “नेपालमा फलाम, तामा, युरोनियम र पेट्रोलियम पदार्थको खानी छ तर हामी किन गरीब भएका छौँ, त्यसको खोजी गर्नुपर्छ । भावी सन्नतिलाई गरिबी र पछौटेपनबाट हटाउने युग परिवर्तनको संवाहकका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको अभिभारा हाम्रो काँधमा छ ।” प्रतिष्ठानका पाठ्यक्रमलाई अझ परिमार्जन गर्नेबारेमा आफूले आगामी दिनमा छलफल गर्ने भन्दै उनले सफलताको रहस्य इमानदारिता भएकाले सक्रिय इमानका साथ काम गर्न निर्देशन दिए । “निष्क्रिय इमानदारिताले जनताकोे सेवाका लागि कुनै लाभ हुँदैन । जनसेवा नगरे इमान अधुरो हुन्छ र प्रयोग नहुने ज्ञान निकम्मा हुन्छ”, उनले भने । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले दीक्षित कर्मचारीलाई कार्यक्षेत्रमा सफल हुन बधाई दिएका थिए । गत २०७४ पुस १७ देखि सञ्चालित उक्त प्रशिक्षणमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा नवनियुक्त २१७ अधिकृत सहभागी थिए । प्रशिक्षणमा सर्वोत्कृष्ट भएका देवचन्द्र गर्तौलालाई “कार्यकारी निर्देशक स्वर्ण पदक” बाट सम्मान गरियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy