Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

चन्द्रसूर्य झण्डा बोकेर उड्नेछन् निगमका जोडी बाइडबडी

काठमाडौँ। एक दशक अघि नेपाल वायु सेवा निगमलाई करिब करिब विघटनको संघारमा पुगेको भन्दै खिसीटिउरी गरिन्थ्यो । जहाज नभएको निगम भन्दै आलोचना गरिन्थ्यो । जहाज खरिदको निर्णय गर्दा भ्रष्टाचार र अनियमित चलखेल भएको भन्दै विभिन्न निकायमा उजुरी पर्दथ्यो । ठूला जहाज खरिद गर्ने आर्थिक सार्मथ्य नभएको भन्दै सरकारले समेत प्राथमिकतामा राख्न सकेको थिएन निगमलाई । भएका दुई वटा पूराना जहाज मार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको थियो । आन्तरिक उडानमा निगमका जहाज कम थिए । तर अहिले अवस्था फेरिएको छ । आक्रामक रुपमा बजार विस्तार गर्ने र नयाँ नयाँ गन्तव्यमा सेवा दिने लक्ष्य लिएर निगमले नयाँ जहाज भित्र्याएको छ । थप दश विमान खरिद गर्ने योजनामा रहेको निगमको इतिहासमै एक महिनाको अवधिमा दुई ठूला जहाज भित्र्याइको यो पहिलो पटक हो । निगमसँग अब पर्याप्त जहाज उपलब्ध छन् । त्यसले नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्नेछ । यसले निगमप्रति विगतमा गर्ने खिसीटिउरीको अवस्थाको समेत अन्त हुनेछ । त्यसका लागि सरकार र निगम व्यवस्थापनले व्यावसायिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ । चुहावट नियन्त्रण र जहाज खाली उडाउने भनेर विगतमा गरिने प्रचारबाट निगमले सुधार गर्नु जरुरी छ । देशको राष्ट्रिय ध्वजावाहक निगमले भित्र्याउने नयाँ जहाजको रणनीतिक महत्वलाई आत्मसात् गर्दै निगमको जहाज नेपाली चन्द्रसूर्य झण्डा बोकेर नेपालको परिचय दिदै संसारका धेरै गन्तव्यमा उडान भर्नेछ । दुई वर्ष पहिले दुई वटा न्यारो बडी जहाज ल्याएर बजार विस्तारमा लागेको निगमले एक महिनाको अवधिमा दुई वटा वाइड बडी जहाज भित्र्याएको छ । फ्रान्सको तुलुजबाट नौ घण्टाको उडान गरेर निगमको दोस्रो वाइडबडी अर्थात् ‘मकालु’ नाम दिइएको जहाज आज विहान ९ बजेर १६ मिनेटमा अवतरण गरेको हो । जहाज अवतरण हुँदा विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको थियो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको सन्दर्भमा निगमले नयाँ जहाज ल्याएको हो । ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त जहाजको स्वागत गर्न विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी र निगमका पदाधिकारी उपस्थित थिए । वाइड बडी ए ३३०–२०० सिरिजको सो विमान सरकारको जमानीमा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको करीब रु २४ अर्बमा खरिद गरेको हो । निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ गत असार १४ गते विमानस्थलमा अवतरण गरेको थियो । विसं २०७४ वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरिदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो । दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् । निगमको पहिलो वाइड बडी विमानबाट आगामी साउन १८ ९अगष्ट १० देखि कतारको दोहामा व्यावसायिक उडान शुरु गर्ने तयारीमा छ । यही साउन ७ गते निगमको जहाजले भारतको राजधानी नयाँ दिल्लीमा परिक्षण उडान गरेको थियो । आज अवतरण गरेको जहाज सबै प्रक्रिया पूरा गरेर आगामी चार हप्तापछि अन्तर्राष्ट्रिय उडान गर्नेछ । जहाज अवतरणपछि विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव देवकोटाले भने ‘ दुई वटा वाइड बडी विमान आइसकेको छ । ती विमान पहिलेकै गन्तव्यमा उडाइन्छ । त्यसपछि जापान, दक्षिण कोरिया र साउदी अरेबियामा उडान गर्ने लक्ष्य राखिएको छ ।’ आगामी पाँच वर्ष भित्र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि दश विमान खरिद गर्ने योजना बनाइएको भन्दै उहाँले निगमका जहाज यूरोपेली देशमा समेत उडान गरिने बताउनुभयो । निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले निगमका दुवै जहाजलाई पूर्ण रुपमा व्यावसायिक बनाइने र अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिने बताए । ‘पहिलो बाइड बडी जहाजको उडान अनुमति आज भोलि नै हुन्छ । सबै कागजात बुझाइसकिएको छ । परिक्षण उडान समेत भइसकेको छ ’ महाप्रबन्धक कसांकारले भने “आज अवतरण भएको जहाज बढीमा चार हप्ता भित्र अन्तर्राष्ट्रिय उडान सुरु गर्नेछ ।” केही समय दुवै विमान पुरानै गन्तव्यमा उड्ने र क्रमशः नयाँ गन्तव्यका लागि समेत तम्तयारी अवस्थामा रहेको महाप्रबन्धक कसांकारको भनाइ छ । निगमसँग १३ वटा विमान रहेका छन् । चालक व्यवस्थापन गरिदै निगमका अनुसार दुई वटा वाइड बढी विमानसमेतलाई दृष्टिगत गरी कूल ११६ जना चालक जरुरी पर्दछ । हाल निगमसँग ८८ मात्र चालक छन् । थप २८ चालक सकेसम्म स्वदेशी नभए विदेशी पाइलट करारमा लिएर विमान सञ्चालनमा ल्याउने तयारी गरिएको छ । निगमले नयाँ विमान थप्दै जाँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ हाललाई विदेशी चालक करारमा नियुक्त गर्दै जाने नीति लिएको छ । निगमभित्रका चालकलाई तालीम दिँदै क्रमिकरूपमा नियमानुसार स्तरोन्नति गर्दै लैजाने नीति समेत लिइएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ । विमान थपेपछि त्यसको व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने बताउँदै आएको निगमले त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकेको छ । नयाँ जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि नविन प्रविधि जडानमा जोड दिइएको छ । निगमले नयाँ वाइड बडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको भनाइ छ । निगमले भारतको नयाँदिल्ली, बेङ्गलोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुई जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । निगमले आन्तरिकतर्फ नौ वटा विमानबाट सेवा दिइरहेको छ । यी मध्ये चीनबाट ल्याइएका वाई १२ चार वटा, एमए ६० दुई वटा र तीन वटा ट्विनअटर विमान छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy