Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

हलोक्रान्तिका नायकलाई राज्यले सम्मान गर्न सकेन

लमजुङ।  “शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोति बिग्रे ।” देशमा प्रजातन्त्रको उदय हुनुअघि विसं २००६ साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा बाहुनले सामूहिकरुपमा हलो जोतेका थिए । बाहुनले हलो जोतेको एक वर्षसम्म जताततै यही गितको हल्लाखल्ला मच्चियो । राणाशासनको विरोधमा हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेलाई २००७ साउन ११ गते पक्राउ गरी जेल हाल्यो । त्यतिबेला हलो जोत्नेहरुको नजोत्ने बाहुनहरुबाट नै विरोध पनि भएको थियो । ब्राह्मणवाद तथा जातीय भेद्भावसँगै हली प्रथा अन्त्यको लागि पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना बाहुनले नेपालमै पहिलो पटक हलो जोतेका थिए । पहिलो पटक २००६ मा दुराडाँडामा हलो जोतेपछि २००८ सम्ममा तनहुँ, कास्की, धादिङ, अर्घाखाँची, गोरखा र स्याङ्जामा पनि हलो जोत्न शुरु भयो । त्यसबेला हलो जोत्नेहरुलाई भातभान्छा रोकियो, माइत आएका छोरीबेटी घर जान पाएनन् । घर गएका बुहारी माइत आउन पाएनन् भने उमेर पुगेका युवायुवतीको बिहे रोकियो । जोतेको समयमा हेर्न जानेलाई समेत भात बार्ने काम भयो । कतिले हेर्न गएको थिइन् भनी ढाँटेर बिहे गर्नुप¥यो । समाज अस्तव्यस्त भयो । बाहुनले हलो जोतेको भनेर गरिएको विभेद् तीन वर्ष पनि टिकेन बरु हलो जोत्न हुन्छ भन्ने भावनाको विकास भयो । हलो क्रान्तिको धेरैले प्रशंसा गर्न थाले । पहिला जोत्ने ठाउँमा गएको थिइन् भनेर ढाँट्ने पनि पछि त म पनि गएको थिएँ भन्न थाले । वर्षै साल लमजुङको दुराडाँडामा हलो क्रान्ति दिवस मनाइन्छ । यो दिवसलाई राष्ट्रव्यापी बनाउँदै हलो क्रान्तिका अभियन्तालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग लमजुङवासीको छ । तोयानाथ स्मृति प्रतिष्ठानका सचिव दीपक पौडेलले राज्यले आफुूहरुको आवाज नसुनेको गुनासो र्गछन । यो घटना इतिहासमा हलो क्रान्तिको रुपमा अंकित छ । हलो क्रान्तिको रुपमा साउन ११ गते दुराडाँडाँमा वर्षेनी हलोत्कर्षक दिवश मनाउने गरिएको छ । तर, यस कार्यले मात्रै यस क्रान्तिको मर्म नपुग्ने र यसलाई राष्ट्रिय हलो क्रान्तिकै रुपमा देशभर मनाउनु पर्नेमा प्रतिष्ठानका सदस्य ऋषिराम खनियाँ बताउछन् । हलो क्रान्तिलाई राष्ट्रिय दिवसको रुपमा मान्यता दिन र पहिलो पटक हलो जोतेर सामाजिक अभियान शुरु गर्ने अभियान्तालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने स्थानीयवासीको माग छ । हलो जोतेको दुराडाँडाको अच्र्यालेनीस्थित बाटे गरामा एक रोपनी जग्गा तोयानाथको नाममा छ । उनकै नामबाट उद्यान पनि बनेको छ । यहाँ हलो जोत्ने सबैको नाम ठेगाना उल्लेख गरी सालिक बनाउने उद्देश्यका साथ हलो क्रान्ति नेपाल तोयनाथ स्मृति प्रतिष्ठान नेपाल लागिपरेको छ । हलो क्रान्तिलाई राष्ट्रिय दिवसको रुपमा मान्यता दिन र पहिलो पटक हलो जोत्नेलाई क्रान्तिकारीको सम्मान दिन उठेको मागलाई राज्यले सम्मान गर्न सकेको छैन । हलो क्रान्तिलाई सामाजिक अभियानको रुपमा स्वीकार गर्दै क्रान्तिका नायकको स्मृतिमा विशेष कार्यक्रम गर्ने नगरपालिकाको योजना छ । “परिवर्तनका नायकलाई राज्यले सम्झनै पर्छ, हामी नगरपालिकाबाट पनि विशेष पहल गर्छौ” नगर प्रमुख जनकराज मिश्रले भने । उनान्साठीऔं हलो क्रान्ति दिवसको अवसरमा लमजुङको दुराडाँडाको अच्र्यल्यानीमा आज विविध साहित्यिक कार्यक्रम आयोजना गरिँदै छ । ब्राहमणहरुले पहिलोपटक हलो जोतेको स्मरणमा लमजुङको दुराडाँडाको अर्चल्यानीमा पण्डित तोयानाथ अधिकारी स्मृति प्रतिष्ठानले आज साहित्यक कार्यक्रम आयोजना गरेको हो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy