Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

क्रिकेटको ‘मक्का’ मानिने लर्ड्समा उत्रिदै नेपाल, कोसँग भिड्दैछ ?

काठमाडौँ। आज नेपाल दोस्रो पटक विश्वप्रसिद्ध इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा उत्रिदै छ । क्रिकेटको ‘मक्का’ मानिने लर्ड्स मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टिम मार्लबोन क्रिकेट क्लब ९एमसिसी० र नेदरल्याण्ड्ससँग भिड्न मैदान उत्रिन लागेको हो । २ वर्षअघि यहि मैदानमा (एमसिसी) सँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एमसीसीलाई ४१ रनले हराएको थियो। लर्ड्समा खेल्दा नेपालका लागि अर्को ऐतिहासिक क्षण हुँदैछ। किनकी लर्ड्समा हुने प्रतिस्पर्धा नेपालका लागि ३ वर्षछिको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हुनेछ। लर्ड्समा आइतबार नेपालले नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्न लागेको हो। सिरिज आइतबार नै सकिनेछ। पहिलो खेल नेदरल्यान्ड र एमसिसीबीच दिउँसो पौने ४ बजे हुनेछ। दोस्रो खेलमा नेपाल र एमसिसीबीच पौने ७ बजे हुनेछ। यस्तै नेपाल र नेदरल्यान्ड्सबीच राति १० बजे तेस्रो खेल हुनेछ। खेललाई लिएर नेपाली टिमका कप्तान पारस खड्का निकै उत्साहित छन्। खड्काले आइतबार हुने खेल उत्कृष्ट हुने अपेक्षा छन् । यता नेपाली क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछाने यो वर्ष दोस्रो पटक लर्ड्स मैदानमा उत्रिदैछन्। सन्दीपले २ महिनाअघि विश्व ११ टिममा पर्दै लर्ड्समा भएको मैत्रीपूर्ण खेलमा मौका पाएका थिए। वेस्ट इन्डिजबिरुद्ध भएको खेलमा सन्दीपले बलिङको मौका पाएका थिए। सिरिजलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले टी-२० अन्तर्राष्ट्रियको मान्यता दिएसँगै नेपालले ३ वर्षपछि पहिलो पटक टी-२० खेल्ने अवसर पाएको हो। यसअघि नेपालले पछिल्लो टी-२० पपुवा न्युगिनीसँग खेलेको थियो। डब्लिनमा भएको टी-२० विश्वकप छनोटको उक्त खेलमा नेपाललाई पपुवा न्युगिनीले ८ विकेटले पराजित गरेको थियो। सन् २०१४ को टी-२० विश्वकपमा छनोट भएसँगै नेपालले टी-२० टिमको मान्यता पाएको थियो। त्यसपछि नेपालले ११ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्यो। जसमा नेपालले ३ खेलमा जित हात पार्दा ८ खेलमा हार बेहोरेको थियो। लर्ड्समा खेलपछि नेपाली टिम नेदरल्यान्ड्स प्रस्थान गर्नेछ। साउन १६ र १८ मा नेपालले नेदरल्यान्ड्सबिरुद्ध २ खेलको एकदिवसीय सिरिज खेलेर एकदिवसीय खेलमा डेब्यू गर्नेछ। लर्ड्समा हुने टी-२० एमसिसी भर्सेस नेदरल्यान्ड्स – दिउँसो ३ः४५ बजे नेपाल भर्सेस एमसिसी – साँझ ५ः५० बजे नेपाल भर्सेस नेदरल्यान्ड्स – राति १०ः०५ बजे नेपाली टिम पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल (विकेटकीपर) अफिसियल रमन शिवाकोटी (म्यानेजर र प्राविधिक विश्लेषक) जगतबहादुर टमाटा (प्रशिक्षक) दिनेश भट्ट (फिजियो) सुवास पात्रो (ट्रेनर) पछिल्लो केही वर्षमा नेपाली क्रिकेटले विभिन्न उपलब्धि हाँसिल गरेको छ । क्रिकेटका लागि आवश्यक पर्ने पूर्वाधारबिना नेपाली क्रिकेटरले यति ठूलो उपलब्धि हाँसिल गर्नु खुसीको कुरा हो । तर, अब सरकार जागरुक हुनुपर्छ । नेपालले अहिले क्रिकेटमा हाँसिल गरेको उपलब्धिलाई थप उचाइमा पुर्याउन अब सरकारले ढिलाइ गर्नुहुन्न । अहिले पनि खेलकुदमा लागि आवश्यक पर्ने पूर्वाधार बन्न सकेका छैनन् । तथापी नेपाली खेलकुदले विभिन्न उपलब्धि प्राप्त गर्दै आएको छ । यदि राम्रा खेलकुदका पूर्वाधार भए अझैं नेपाली खेलकुदले ठूलो उपलब्धी प्राप्त गर्न सक्छ । पछिल्लो केही वर्षयता नेपालमा सबैभन्दा चर्चा कमाएको क्रिकेट खेल छ । चर्चा कमाउनु पनि स्वभाविक छ । क्रिकेटमा नेपालले एकपछि अर्को सफलता हाँसिल गरिरहेको छ । यसकारण पनि नेपाली क्रिकेटले चर्चा कमाइरहेको हो । अझैं नेपाली क्रिकेटलाई उचाइमा पुर्यान सरकारले यो क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy