Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

ट्रम्पले भने- इरानसँग विना शर्त जुनसुकै बेला वार्ता गर्न तयार छु

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विना कुनै पूर्वशर्त र जुनसुकै बेलाु भेटवार्ताका लागि इरानी नेताहरूलाई प्रस्ताव गरेका छन्। ह्वाइट हाउसमा संवाददाताहरूलाई उनले भने, \'म जोसुकैलाई भेट्नसक्छु। म भेटवार्ताहरूमा विश्वास गर्दछु।\' यसै महिनाको शुरूतिर अमेरिकी राष्ट्रपति र इरानी राष्ट्रपति हसन रुहानीले एकअर्कालाई चेतावनी दिएपछि ट्रम्पले मेलमिलापको कुरा गरेका हुन्। गत मेमा अमेरिका इरानसँगको अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अलग भएको थियो। सो सम्झौता अनुसार अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाइएपछि इरानले आफ्ना पारमाणविक गतिविधिहरू नियन्त्रण गरेको थियो। इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका ब्रिटेन, फ्रान्स, चीन, रुस र जर्मनीको विरोधका बावजुद वाशिङटनले केही दिनभित्र तेहरानमाथि पुनः प्रतिबन्ध लगाउने तयारी गरेको छ। मध्यपूर्वमा इरानका गतिविधिलाई लिएर अमेरिकाले निकै शंका गर्दै आएको छ। अमेरिका इरानका दुई प्रतिद्वन्द्वी मुलुक इजरेल र साउदी अरेबियाको साझेदार हो। गत मेमा ट्रम्पले इरानसँगको पारमाणविक सम्झौतालाई \'भयङ्करु र \'एकपक्षीयु भनेका थिए। भेटवार्ताको प्रस्ताव गरेका ट्रम्पले भने, \'यदि उहाँहरू भेट्न चाहनुहुन्छ भने हामी भेट्नसक्छौँ।\' ट्रम्पको प्रस्तावपछि रुहानीका एक सल्लाहकारले \'पारमाणविक सम्झौतामा फर्केमा\' र \'इरान राष्ट्रका अधिकारको सम्मान गरेमा\' त्यसले वार्ताका लागि बाटो खोल्ने भन्दै ट्वीट गरेका छन्। यदि भइहाले सन् १९७९ को इरानी क्रान्तिपछि अमेरिकी र इरानी नेताहरूबीच पहिलो पटक भेटवार्ता हुनेछ। ट्रम्पको अभिव्यक्तिमा अचानक आएको परिवर्तनले उत्तर कोरियाली नेता किम जङ-अनसँगको उनको भेटवार्ताका लागि उनले गरेका प्रयासको झझल्को दिएको छ। ऐतिहासिक भेटवार्ताअघि ट्रम्प र किम एकअर्कामाथि आरोप-प्रत्यारोप लगाउने र धम्की दिने कार्यमा संलग्न थिए। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending