काँग्रेस जनप्रतिनिधिले गरे छुट्टाछुट्टै पत्रकार सम्मेलन
श्रावण १५ गते, २०७५ मगलवार 31st July, 2018 Tue१४:०५:३५ मा प्रकाशित
भक्तपुर।मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट विजयी भएका जनप्रतिनिधि विभाजित भई छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका छन् ।
नगरपालिकाले हालै सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटको विषयलाई लिएर काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि विभाजित भएपछि बहुमत पक्षले नीति, कार्यक्रम तथा बजेटको बचाऊ गरेको छ भने अर्को पक्षले विरोध गरेको छ ।
काँग्रेसबाट निर्वाचित बहुमत जनप्रतिनिधिले कौशलटारमा पत्रकार सम्मेलन गरी पार्टीको सिद्घान्त, मूल्य मान्यता र विधान अनुशरण गर्दै नगरको नीति, कार्यक्रम तथा बजेट निर्माण गरेको दाबी गरेका छन् ।
उपप्रमुख अञ्जनादेवी मधिकर्मीसहित वडा नं २ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता राम थापामगर, वडा नं ३ का अध्यक्ष प्रेम कुटु, वडा नं ६ का अध्यक्ष इन्द्रबहादुर प्रजापति, वडा नं ९ का अध्यक्ष रामकाजी चक्रधरसहित नौजना नगरकार्यपालिका सदस्य तथा १५ नगर सदस्य गरी २९ जनाको हस्ताक्षरित संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार सम्मेलनमा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेटको समर्थन गर्दै जनताको पक्षमा बजेट तथा कार्यक्रम ल्याएको बताएका हुन् ।
पत्रकार सम्मेलनमा वडा नं २ का वडाध्यक्ष तथा नपाका प्रवक्ता राम थापा मगरले सचेत नगरवासीमा भ्रम सिर्जना हुने गरी जनप्रतिनिधिको भत्ता र सुविधा बढाउन कर वद्घि गरिएको भन्ने हल्लाको पछि नलाग्न आम नगरवासीलाई आह्वान गरे ।
आव२०७५/७६ को बजेट, नीति तथा कार्यक्रममा केन्द्र तथा प्रदेश सरकारबाट निर्णय भएको भन्दा कहीँ कतै पनि सेवा सुविधा, लिने र दिने गरी कुनै निर्णय नभएको र वैज्ञानिक ढंगले कर निर्धारण गरे पनि कुनै पनि शीर्षकमा कर वृद्धि नगरिएको उनको भनाइ थियो ।
थापा मगरले भने–“नगरपालिकाको विकासमा पार्टीले दिएको एजेण्डाभित्र बसेर काम गरेका छौं तर पार्टीले जनप्रतिनिधिको हात खुट्टा बाँधेर यसो गर, त्यसो नगर भन्न मिल्दैन, जनताको पक्षमा काम गर्न पार्टीले हस्तक्षेप गर्नुहुदैन ।”
पत्रकार सम्मेलनमा वडा नं २ का अध्यक्ष प्रेम कुटुले आफूहरु जनताप्रति अत्यन्त संवेदनशील रहेको र प्रत्यक्ष जनसरोकार रहेको एकीकृत सम्पति करको विषयमा पनि सबै पदाधिकारी सचेत रहेर काम गरेको बताए । उनले भने –“पार्टीको एजेण्डा बाहिर गएर हामीले कुनै काम गरेका छैनौं, पार्टीको एजेण्डा छाडेको प्रमाणित भए सामूहिक राजिनामा दिन तयार छौ ।”
काँग्रेसबाट निर्वाचित ३५ जना जनप्रतिनिधिमध्ये बाँकी छ जनप्रतिनिधिले भने १ नं वडा कार्यालयमा यसअघि नै छुट्टै पत्रकार सम्मेलन गरेर नगरपालिकाले ल्याएको नीति, कार्यक्रम तथा बजेटको विरोध गरेका थिए ।
वडा नं १ का वडा अध्यक्ष सुरज खड्काले नगरपालिकाले जनताको भावना विपरीत जथाभावी कर वृद्धि गरेर जनतालाई भार पारेकाले सार्वजनिक भएको बजेट तथा कार्यक्रममा असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर आएको बताए ।
यसको विरोधमा वडा कार्यालयले गत साउन १ गतेदेखि पेन डाउन गरेर यही साउन ११ गते पुनः काम सञ्चालन गरेपनि नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट नसच्याएसम्म विरोध कायमै रहने र आज साँझ बालकुमारीमा कर वृद्धिको विरुद्धमा विरोधसभा गर्ने उनले बताए ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: