Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

झन् बढ्न थाले जघन्य अपराधका घटना, प्रदेश नं ३ मा सबैभन्दा धेरै

काठमाडौँ। मुलुकभर जघन्य अपराधको घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७३/७४ को तुलनामा आव २०७४÷७५ मा जघन्य अपराधका घटनामा वृद्धि भएको हो । आव २०७४/७५ मा छ हजार ६४६ जघन्य अपराधका मुद्दा अदालतमा दर्ता भएका छन् । आव २०७३/७४ मा पाँच हजार ४४५ जघन्य अपराधसम्बन्धी मुद्दा दर्ता भएको थियो । यस्तै आव २०७२/७३ मा चार हजार ९४५ मुद्दा दर्ता भएका थिए । आव २०७४/७५ मा खुनडाँका दुई, कर्तव्य ज्यान ६२८, ज्यान मार्ने उद्योग ७२८, डाँका चोरी २७, लागूऔषध तीन हजार ८८, व्यक्ति अपहरण ७७, हातहतियार खरखजना २५४, मानव बेचबिखन तथा ओसारपसार ३०८, जबर्जस्ती करणी एक हजार ४८०, विस्फोटक पदार्थ ५४ मुद्दा दर्ता भएका छन् । प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री जनसंख्याको वृद्धि र प्रहरीको सक्रियतासँगै जघन्य अपराधका घटनामा वृद्धि भएको बताउछन् । “प्रहरीले हरेक निवेदनको गम्भीरताका साथ अध्ययन अनुसन्धान गरेको छ, त्यस कारण पनि जघन्य अपराधका घटना बढेको हो,”– उनी भन्छन् । जघन्य अपराध भनेको माफ नहुने अपराध हुन् । जुन अपराध गम्भीर प्रकृतिका हुन्छन् । प्रदेश नं ३ मा जघन्य अपराध मुद्दा धेरै मुलुकको राजधानी काठमाडौँसमेत रहेको प्रदेश नं ३ मा जघन्य अपराधको घटना बढी रहेका छन् । प्रहरी प्रधान कार्र्यालयका अनुसार प्रदेश नं ३ मा मात्र विभिन्न अपराधमा एक हजार ६४९ मुद्दा दर्ता भएका छन् । काठमाडौँ, भक्तपुर र ललितपुरमा ९२१, केन्द्रीय अनुसन्धान ब्यूरो र लागूऔषध नियन्त्रण ब्यूरोमा ४५ तथा प्रदेश नं ३ का अरु जिल्लामा ६८३ मुद्दा दर्ता भएका छन् । लागूऔषधसम्बन्धी ७८६ मुद्दा रहेका छन् । यसैगरी प्रदेश १ मा एक हजार ५२३, प्रदेश २ मा एक हजार ६१, प्रदेश ४ मा ५४२, प्रदेश ५ मा एक हजार २८८, प्रदेश ६ मा २०७ र प्रदेश ७ मा ३७६ मुद्दा दर्ता भएका छन् । मुलुकभर लागूऔषधका मुद्दा धेरै दर्ता भएका जघन्य अपराधका घटनामा लागूऔषधका घटना बढी रहेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार लागूऔषध ओसारपसारमा मात्र तीन हजार ८८ मुद्दा दर्ता भएका छन् । जसमा उपत्यका ५१८, प्रदेश १ मा ७१९, प्रदेश २ मा ४८६, प्रदेश ३ मा २६८, प्रदेश ४ मा २८३, प्रदेश ५ मा ६२८, प्रदेश ६ मा ४८ र प्रदेश ७ मा १३८ मुद्दा दर्ता भएका छन् । लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ठूले राई प्रहरीको सक्रियता बढेसँगै लागूऔषध दुव्यर्सनीका घटनामा वृद्धि भएको बताउछन् । “लागूऔषधमा धेरै वस्तु रहेका छन्, धेरै ठाउँबाट थोरै सामान बरामद भए पनि लागूऔषधका घटनामा वृद्धि भएको देखिन्छ,”– उनी भन्छन् । लागूऔषधपछि जबर्जस्ती करणीमा धेरै मुद्दा दर्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार जबर्जस्ती करणीमा मुलुकभर एक हजार ४८० मुद्दा दर्ता भएका हुन् । तराईका जिल्लामा मुद्दा धेरै दर्ता भएका अपराधका घटनालाई हेर्दा तराईका जिल्लामा जघन्य अपराधका धेरै घटना घटेका छन् । तराईका मात्र जिल्ला रहेको प्रदेश २ र प्रदेश ५ मा जघन्य अपराध अरु प्रदेशको तुलनामा बढी रहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल–भारत खुला सिमानाका कारण तराई क्षेत्रमा बढी घटना घट्ने गरेका हुन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy