Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सम्पत्तिमा शहरी महिलाको पहुँच बढ्दै

सुर्खेत। सामाजिक, आर्थिक र राजनीतिक रुपले महिलाको जीवनस्तर अझैपनि अपेक्षित तवरले माथि उठेको देख्न पाइदैन । ग्रामीण जनजीवन अधिकतम् महिलामा निर्भर छ । विशेषतः साविकको कर्णाली क्षेत्रमा बिहानैदेखि अवेर रातीसम्म काम गर्नैुपर्ने दैनिकी भोग्न बाध्य महिलालाई समानुपातिक समावेशी सिद्धान्तले त्यति प्रभावित बनाउन सकेको छैन । महिलालाई घरको जिम्मेवारी धेरै ठूलो छ तर सम्पति प्राप्तिमा अधिकांश महिलाहरु विमुख नै छन् । शून्य अधिकारमा धेरै महिलाले कष्टसाध्य जीवन व्यतित गरिरहेका छन् । यो व्यथा ग्रामीण महिलामा अधिक छ । पारिवारिक बोझले सोच्न नसक्ने अवस्थाका महिलालाई अधिकारका कुरा ‘भालुलाई पुराण’ सुनाए झै लाग्छ । यद्यपि शहरी क्षेत्रका महिला भने संविधानले दिएको अधिकार र सम्पतिमा हक राख्न अग्रसर छन् । आर्थिक वर्ष २०७४÷७५ मा जिल्ला मालपोत कार्यालय सुर्खेतमा १७ हजार ५१ लिखत पारित भए । तीमध्ये छ हजार ३४२ महिलाको नाममा लिखत पारित भए । जुन कूल पारित लिखत संख्याको ३७ प्रतिशत हो । यसले वर्षेनी शहरी महिलाको सम्पतिमा पहुँच बढ्दै गएको जिल्ला मालपोत कार्यालय सुर्खेतका नायब सुब्बा दुर्गाप्रसाद आचार्यले बताए । “यसको कारण पछिल्लो समय महिलामा आएको जागरण, नेतृत्व क्षमता विकास र सरकारले महिलाका लागि जग्गा रजिष्ट्रेसनमा दिएको छुट हो,” नायब सुब्बा आचार्यले भन्नुभयो, “सरकारले लक्षित वर्गलाई दिएको छुट सेवाले उनीहरुलाई न्याय दिनुका साथै पारिवारिक र सामाजिक सन्तुलन कायम गर्न मद्दत गरेको छ ।” गत आवमा महिलाका नाममा जग्गा कारोवार हुँदा उनीहरुले रु तीन करोड ९५ लाख २२ हजार ८२५ छुट पाए । राजश्व संकलनमा केही कमी आए पनि यसले महिलाको सम्पतिमा हक बढ्नुका साथै न्यायमा वृद्धि भएको कर्णाली प्रदेशसभाका सदस्य पद्मा खड्काले बताइन् । “पहिले भन्दा अहिले महिलाको सम्पतिमा हक बढेको छ, सम्पतिमा महिला पहुँच वृद्धि हुनु नेतृत्वसहित क्षमता बढ्नु हो,” सभा सदस्य खड्काले भनिन् । सम्पतिमा पहुँच बढाउने शहरी क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका महिला निकै कम रहेकोले उनीहरुलाई पनि सम्पति र अधिकारका विषयमा सचेत गराउनु प्रदेश सरकारको दायित्व हुने धारणा बढ्दो छ । सभा सदस्य खड्काले भनिन् “शहरका महिलाले आरक्षण मात्र नभइ खुला प्रतिस्पर्धा गर्न सक्छौं भन्ने क्षमता देखाइसकेका छन्, तर ग्रामीण महिलाको जीवन माथि उकास्न संघीयताले अनुभूति हुनेगरी काम गर्नुपर्छ ।” समावेशी सिद्धान्त, लैङिगक समानता, लक्षित वर्गको लागि उपलब्ध सरकारी सहुलियतजस्ता कुराले अहिले महिलाको सम्पतिमा पनि पहुँच बढ्दै गएको सामाजिक अभियानकर्मी सत्यदेवी अधिकारीले बताइन् । उनीहरुको समग्र विकास र अधिकार सुनिश्चितत गर्न सरकार सहयोगी र अभिभावक हुनुपर्ने उनको धारणा छ । खासगरी कर्णालीका महिलाको वास्तविक जीवनबारे सरकारलाई अझै अवगत नभएको महिला अधिकारकर्मी लक्ष्मीकन्या बुढाले औंल्याइन्। महिलाको शैक्षिक, सामाजिक र आर्थिकस्तर वृद्धिमा सरकारले ध्यान दिनुपर्ने र त्यसका लागि कठिन भूगोल, उत्पीडित वर्ग, अल्पसंख्यक तथा सिमान्तकृत जातिलाई प्राथमिकतामा राख्नुपर्ने उनको जोड छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending