Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

बालिका हत्या प्रकरणः कहाँ पुग्यो अनुसन्धान ? यसो भन्छ प्रहरी

भीमदत्तनगर। कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनामा प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले अनुसन्धानलाई तीव्रता दिएको छ । घटनामा कञ्चनपुर प्रहरीको उदासीनता भएको भन्दै स्थानीयवासीले महेन्द्रनगरमा विरोध प्रदर्शन गर्दै दबाब दिएपछि सिआइबीको टोलीसमेत कञ्चनपुर पुगेर घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । घटनाको चार दिनपछि बालिकाको दाहसंस्कार गरिए पनि घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै यहाँ प्रहरीमाथि दैनिक दबाब बढेको छ । बिहीबार बिहानसमेत महेन्द्रनगरमा विद्यार्थीले निर्मलाका हत्यारालाई कानूनी दायरामा ल्याउनाका साथै सुरक्षाको प्रत्याभूत हुनुपर्ने माग गर्र्दै प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको बताउँदै उपलब्धि प्राप्त नभएको जानकारी दिए। “ठूलो संख्यामा प्रहरी परिचालन गरेर विभिन्न कोणबाट अनुसन्धान हुँदैछ”, उनले भने, “तर अहिलेसम्म घटनाबारे केही उपलब्धि भएको छैन ।” त्यसैगरी मृतक बालिकाका आफन्तहरुलाई यहाँका स्थानीय तह र विभिन्न व्यक्तित्वबाट समेत सहयोग रकम प्रदान भइरहेको छ । घटनाबारे संघीय संसद्देखि प्रदेश सभासम्म भत्र्सना गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरिएको छ । मृतकका आफन्त र स्थानीयवासीले सुरक्षाका लागि चौकी स्थापनाको माग गर्दै भीमदत्तनगरपालिका केन्द्रित आन्दोलनसमेत थालेका थिए । स्थानीय सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत बालिका पन्त साथीको घरबाट गृहकार्य गरेर घर फर्किने क्रममा गत शुक्रबार बेपत्ता भएकी थिइन् । उहाँको शनिबार बिहान भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा शव भेटिएको थियो । बालिकाको बलात्कारपछि हत्या गरिएको हुनसक्ने आशंका छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending