Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

जिम्बाबेमा मतगणनाको नतिजामा ढिलाई, राजधानीमा विरोध प्रदर्शन

हरारे। जिम्बाबेको राजधानी सहर हरारेमा बुधबार क्रुद्ध प्रदर्शनकारीहरुले ढुँगामुढा र सवारी साधनमा आगजनी गर्न थालेपछि सेना र प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न गोली चलाउनुका साथै पानीका फोहरा र आँशु ग्यास प्रहार गरेको छ । सेना र प्रहरीको हस्तक्षेपबाट कम्तीमा तीन जनाको मृत्यु भएको छ । सत्तारुढ दल जानु–पिएफका संस्थापक नेता एवं पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकाल समाप्त भएसँगै पहिलोपटक सम्पन्न चुनावबाट मुलुक नयाँ मार्गमा प्रवेश गर्ने अपेक्षामा बसेका आमजनता निराश बनेका छन् । संसदको चुनावमा सत्तारुढ जानु–पिएफ पार्टीले बहुसंख्यक स्थान जितेको घोषणा लगत्तै हरारेका मुख्य स्थानहरुमा हिंसात्मक झडप भएका थिए । विपक्षी दलसँग आबद्ध व्यक्तिहरुले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । जिम्बाबेको निर्वाचन आयोगले कम्तीमा बिहीबारसम्म राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक नगर्ने जनाएको छ, र वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वालाई नै विजयी घोषणा गरिए विपक्षीहरुले विरोध प्रदर्शनलाई थप सशक्त बनाउने देखिएको छ । वर्तमान सत्तारुढ दल र सैनिक नेतृत्वले विपक्षी नेता नेल्सन चामिसालाई विजयी हुनबाट रोक्ने प्रयत्न गर्नेछन् । गत सोमबार शान्तिपूर्वक मतदानमा भाग लिएका लाखौं जिम्बाबेलीले ४८ घण्टा नबित्दै मुख्य सडकहरु छिचोल्दै सैनिक टैंक दौडेको अनौठो दृश्य हेर्नु परेको छ । सैनिकहरुले मुख्य सडकमा भेला भएका प्रदर्शनकारीमाथि अन्धाधुन्ध कुृटपिट गरेका छन् । केही पत्रकार समेतमाथि कुटपिट भएको छ । बुधबार अपराह्न सत्तारुढ पार्टीको मुख्यालय वरपर सहित हरारेका मुख्य सहरी इलाकाहरुमा गोली चलेको आवाज सुनिएको थियो । राज्य नियन्त्रित टेलिभिजन जेडबिसीका अनुसार, गोली लागेर तीनजनाको मृत्यु भएको छ । “अहिले त परिस्थिति बिल्कुलै भिन्न छ ।” ३१ वर्षीया खुद्रा व्यापारी एलिसा पीगुले भनिन् । “सोमबार मानिसहरु ज्यादै खुशी थिए । आज, उनीहरु निराश छन् । यहाँ कहिले शान्ति आउला ?” अधिकारीहरुले जिम्बाबेको सार्वजनिक सुरक्षा कानुन पुनः ब्यूँताएका छन् जसले मानिसलाई भेला हुन वा सार्वजनिक कार्यक्रम गर्नबाट रोक लगाउँछ । प्रहरीले काबूबाहिरको परिस्थिति सिर्जना भए सैनिकलाई आमन्त्रण गर्न पाउँछ । मुगाबेको शासनकालमा सन् २००२ देखि सरकार बिरोधी भेला र प्रदर्शन रोक्न यही कानुनलाई बारम्बार प्रयोग गरिन्थ्यो । राष्ट्रपति मान्गाग्वाले हिंसा भड्किनुमा विपक्षीहरु दोषी रहेको बताएका छन् । उनले निर्वाचन प्रक्रियामा अबरोध सिर्जना गर्नेतर्फ हिंसात्मक गतिविधि गरिएको बताए । तर विपक्षीहरुले सुरक्षा निकायहरुले निहत्था जनतामाथि जथाभावी र अन्यायपूर्वक कारबाही गरेको जनाएका छन् । शान्तिपूर्वक प्रदर्शनलाई हिंसात्मक बनाउन सैनिक परिचालन गरिएको उनीहरुको आरोप छ । “के हामी युद्धको स्थितिमा छौं ? के नागरिकहरु राज्यका दुश्मन हुन् ?” मुख्य विपक्षी दल मुभमेन्ट फर डेमोक्रेटिक चेन्जकाका प्रवक्ता नुलुलेको सिबान्दाले प्रश्न गरे । संयुक्त राष्ट्रसंघका उप–प्रवक्ता फरहान हकले निर्वाचनको नतिजा आइनसकेको अहिलेको अवस्थामा जिम्बाबे सरकार र विपक्षी सबैलाई धैर्य कायम राख्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले चुनाव तुलनात्मक रुपमा शान्तिपूर्वक र स्वतन्त्र किसिमबाट भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेका छन् । हिंसा र अनियमितताको शिकार हुने गरेको विगतको तुलनामा यस पटकको चुनावमा निकै धेरै सुधार भएको उनीहरुको भनाइ छ । “राष्ट्रपतिको मतदानको नतिजा प्रकाशनमा जति ढिलाई हुन्छ निर्वाचन प्रक्रियामा आम जनताको विश्वास त्यति कमजोर हुँदै जान्छ,” अमेरिकी अनुगमन मिसनका टोलीनेता पूर्व लाइबेरियन नेता एलेन जोन्सन सरलेफले बताए । रासस /एपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy