Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

छ हप्ते सुत्केरी बिदापछि काममा फर्किइन् प्रधानमन्त्री, बच्चा पतिले स्याहार्ने

न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न छहप्ते सुत्केरी बिदापछि काममा फर्किएकी छन्। अठतीस वर्षीया आर्डर्नले गत जुन महिनामा छोरी निभलाई जन्म दिएकी थिइन्। उच्च राजनीतिक पदमा हुँदा बच्चा जन्माउने उनी दोस्री नेत्री हुन्। बिदामा बस्दा उनले विन्स्टन पिटर्सलाई कार्यवाहक प्रधानमन्त्रीको उत्तरदायित्व हस्तान्तरण गरेकी थिइन्। उनले सो अवधिलाई \'मेरो जीवनमा सबैभन्दा छिटो बितेको छ हप्ता\' भन्दै आफू काममा फर्कन तयार रहेको बताएकी छन्। टीभीएनजेडसँग कुरा गर्दै आर्डर्नले देशका जनता, आफ्नो टोली र कार्यवाहक प्रधानमन्त्रीको सदाशयता र सहयोगले गर्दा आफू छोरीसँग बस्न पाएकोमा प्रसन्नता व्यक्त गरेकी छन् । यो विशेष परिस्थिति हो र म काममा फर्किन धेरै उत्सुक छु । पिताले स्याहार गर्ने \'यो विशेष परिस्थिति हो र म काममा फर्किन धेरै उत्सुक छु,\'उनले भनिन् । छोरी निभ जन्मेपछि केही हप्ता सपरिवार उनी अक्ल्यान्डमा बसिन्। यही शनिवार उनी देशको संसद् पनि रहेको राजधानी वेलिङ्टन फर्किँदै छिन् । आर्डर्नलाई आफ्नो राजनीतिक उत्तरदायित्व निर्वाह गर्न सहज होस् भनेर उनका प्रेमी तथा टेलिभिजन प्रस्तोता क्लार्क गेफोर्डले घरमै बसेर छोरीको स्याहारसुसार गर्नेछन् । आर्डर्नले यस्तो सौभाग्य धेरै महिलाले नपाएको तर आफूले पाएको टिप्पणी गरेकी छन् । \'म धेरै नै भाग्यमानी छु,\'उनले रेडिओ एनजेडलाई बताइन् । आफ्ना प्रेमी सहयोगी भएको र पिताका रूपमा छोरी हुर्काउन उनले संयुक्त जिम्मेदारी स्वीकारेको भन्दै उनले गेफोर्डको प्रशंसा गरिन् । आर्डर्न गत अक्टोबरमा प्रधानमन्त्री पदमा निर्वाचित भएकी हुन्। केही महिनापछि ज्यानुअरीमा उनले आफू गर्भवती भएको घोषणा गरेकी थिइन् । उनले त्यति बेला भनेकी थिइन्, \'विविध काम गर्ने म प्रथम महिला हैन। म काम गर्ने र बच्चा पाउने प्रथम महिला पनि हैन । पहिला पनि धेरै महिलाले यो गरिसकेका छन् ।\' सुत्केरी बिदामा हुँदा पनि उनी मन्त्रिपरिषद्को कागजपत्रको अध्ययन गर्ने गर्थिन् र महत्त्वपूर्ण विषयहरूमा उनीसँग परामर्श गर्ने गरिन्थ्यो । उनी न्यूजिल्यान्डमा सन् १८५६ पछि सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेकी व्यक्ति हुन् । गत हप्ता सार्वजनिक भएको एउटा भिडिओमा उनलाई कागजपत्रहरूको खातनजिकै बसेर छोरीको कोक्रो हल्लाउँदै गरेको देखिएको थियो । सन् १९९० मा पाकिस्तानकी तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोले पनि पदासीन हुँदा नै बच्चा जन्माएकी थिइन् । बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending