Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

खानेपानी मन्त्री र उद्योगमन्त्रीबीच छलफल, बेलौरी नाका खोल्न भारतसँग औपचारिक प्रस्ताव लगिने

काठमाडौं । कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रमा रहेको बेलौरी छोटी नाका भन्सार स्तरोन्नती गर्न भारततर्फ कष्टम पोष्ट स्थापनाका लागि नेपाल सरकारका तर्फबाट औपचारिक प्रस्ताव लगिने भएको छ । कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद तथा खानेपानी मन्त्री बीना मगर र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवबीच बिहीबार भएको भेटमा भारततर्फ कष्टम पोष्ट स्थापनाका लागि औपचारिक प्रस्ताव लैजाने विषयमा छलफल भएको हो । हालैमात्र नेपाल सरकारले नेपाल र भारतबीच व्यापार तथा पारवहनका सम्बन्धमा भारतीय सम्बन्धित पक्षसँग छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवि सैंजुको नेतृत्वमा टोली गठन गरी भारत पठाउने निर्णय गरेपछि उक्त टोलीको एजेण्डामा उपर्युक्त विषय समावेशका गर्ने विषयमा छलफल भएको हो । मन्त्री यादवसँग उनकै कार्यकक्षमा भएको छलफलमा बेलौरी नाकाको एजेण्डासमेत समावेश गर्न मन्त्री मगरले अनुरोध गरेकी थिइन । छोटी भन्सार नाका सुचारु नहुँदा कन्चनपुरको दक्षिण क्षेत्र र अन्य जिल्लाका वासिन्दा र उद्यमीहरुले ठूलो समस्या झेल्नुपरेको बताउदै मन्त्री मगरले सीमावर्ती भारतीय जिल्ला लखिमपुरका सांसदहरुले समेत यो विषयमा पहल गरेपनि भारतीय पक्षबाट वाणिज्य मन्त्रालयको सहमति खोजिएको जानकारी गराएकी थिइन । मन्त्री यादवले आगामी साता व्यापार, पारवहन, भन्सार, नाका लगायतका विषयमा नेपाल भारतबीच भएका सम्झौता तथा व्यवहारिक पक्षमा छलफल गर्न टोली जाँदै गरेकोले उक्त विषयलाई औपचारिकरुपमा पेश गर्ने बताए । “बेलौरी नाकालाई सुचारु गर्ने औपचारिक प्रस्ताव नै एजेण्डामा समावेश गर्छौं ।” मन्त्री यादवले भने, “मन्त्रालयका तर्फबाट अन्य केही पहल आवश्यक परे त्यसका लागि पनि सहयोग हुने छ ।” कञ्चनपुरको दक्षिण क्षेत्रलाई भारतसँग जोड्ने प्रमुख नाकाका रुपमा रहेको छोटी भन्सार बन्द हुँदा कृषि उपजको निर्यात तथा आवश्यक सामानको आयातमा सबैभन्दा ठूलो समस्या स्थानीयवासीले झेल्दै आएका छन् । विगतदेखि नै उक्त नाका खोल्न बारम्बार पहल गरिएपनि हालसम्म नाका खुल्न सकेको छैन । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको बेला समेत उक्त एजेण्डालाई छलफलमा राख्न मन्त्री मगरले पहल गरेकी थिइन । “आजको छलफल निकै सकारात्मक भयो ।” मन्त्री मगरले भनिन्, “उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा अन्य मन्त्रालयका पदाधिकारी सम्मिलित टोली भारत जाने भएकोले यो एजेण्डा औपचारिकरुपमा नै टेबल हुन्छ । नाका तत्काल खुल्नेमा विश्वस्त छौं ।” बेलौरी नाका सुचारु गर्न नेपालका तर्फबाट कुनै समस्या नभएपनि भारतीय पक्षले चेकपोष्ट हटाएका कारण हाल ठप्प अवस्थामा रहेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending