Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

सांसद निरुदेवी प्रकरणः ज्यान मार्ने धम्की दिएको १८ घन्टा नबित्दै ९० जना पक्राउ, को हुन् पक्राउ पर्ने ?

नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको घटनामा प्रहरीले १८ घन्टाभित्रै ९० जनालाई पक्राउ गरेको छ । बिहीबार ‘अप्रेसन स्विप’ चलाएर साँझसम्म शंकास्पद ९० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा राखेको छ । यो खबर आजको नयाँ पत्रिकाममा छ -महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी गोविन्द काफ्लेको नेतृत्वमा एक सयभन्दा धेरै प्रहरीको टोली अप्रेसनमा खटिएको छ । अनुसन्धान बिहीबार बिहानैदेखि साँझ अबेरसम्म जारी रह्यो । डिएसपी काफ्लेले प्रारम्भिक चरणको अनुसन्धानका क्रममा ९० पक्राउ परेको जानकारी दिए । उनले भने, ‘बिहीबार बिहानैबाट घटनामाथि अनुसन्धान सुरु गरिएको छ । उनीहरुलाई वृत्तमै राखेर सोधपुछ हुँदैछ । दोषी देखिए मुद्दा चलाइने छ ।’ अनुसन्धानका लागि सादा र पोषाक सहितका प्रहरी खटाइएको छ  । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेल पनि फिल्डमा खटिएका छन् । एसएसपी पोखरेलले नयाँ पत्रिकासँग भने, ‘घटनालाई विभिन्न कोणबाट हेरिएको छ । प्रकृति हेर्दा घटना गम्भिर नै देखिन्छ । केही पक्राउ परेका छन् । सोधपुछ चलिरहेको छ । अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले थप नबोलौं ।’ आइफोन भेटिएन सांसद पालले धम्की दिने व्यक्तिले खोसेर लगेको भनेको आइफोनसमेत फेला परेको छैन । लुटिएको भनिएको दिनबाटै मोबाइल स्विच अफ रहेको प्रहरीले बतायो । वृत प्रमुख डिएसपी काफ्लेले भने, ‘लुटिएको फोन खोजी भइरहेको छ । तर, भेट्टाउन सकिएको छैन । स्वीच अफ गरिएकाले लोकेशन पत्ता लगाउन नसकिएको हो ।’ टोले गुण्डादेखि फरार अभियुक्तसम्म पक्राउ अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सांसद पाल धम्की घटनामा गुण्डादेखि फरार अभियुक्तसम्म पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले अपरेशन स्वीपअन्तर्गत ९० भन्दा धेरै पक्राउ परेको बताए । उनले भने, ‘घटना अनुसन्धानका लागि हामीले अपरेशन स्वीप चलाएका छौं । बिहीबार साँझसम्म शंकास्पद ९० पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये कोही टोले गुण्डा छन् । कोही फरार अभियुक्त छन् । सबैमाथि अनुसन्धान चलिरहेको छ । घटनाको सत्य तथ्य आउन केही समय भने लाग्न सक्छ ।’ घटना प्रधानन्यायाधीश प्रकरणसँग जोडिएको देखिन्छ :रामबहादुर थापा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले घटना प्रधानन्यायाधीश नियुक्ती विवाद प्रकरणसँग जोडिएकोजस्तो देखिने दाबी गरेका छन् । बिहीवार गृहमन्त्रालयमा सांसद निरुदेवी पाल माथिको घटना सम्वन्धमा ध्यानाकर्षण गर्न पुगेका युवा संघ र वाइसिएल कार्यकर्ता माझ गृहमन्त्री थापाले यस्तो दाबी गरेका हुन् । सर्बोच्च अदालतको प्रधानन्यायायाधीशमा दिपकराज जोशीको सिफारिसलाई लिएर संसदको संसदीय सुनुवाई समितिमा केही सातादेखि बहस जारी छ । सांसद पाल सुनुवाई समितिकको सदस्य हुन् । गृहमन्त्री थापाले भने, ‘घटना गम्भिर प्रकृतिको देखिन्छ । सर्सर्ती हेर्दा प्रधानन्यायाधीश नियुक्ति प्रकरणसँग जोडिएकोजस्तो देखिन्छ । राजनीतिप्रेरित पनि होकी जस्तो देखिन्छ । यद्यपी अनुसन्धान भइरहेको छ । सत्यतथ्य आउला । घटना जसले गराए पनि सामान्य चाहीँ होइन ।’ मंगलबार साँझ दूध किनेर डेरामा फर्किँदै गर्दा बानेश्वरको थापागाउँस्थित निवासनजिकै अज्ञात व्यक्तिले छात्तिमा पेस्तो ताकेर ज्यान मार्ने धम्की दिएको सांसद पालले दाबी गरेकी छिन् । राज्य शक्तिको दुरुपयोग: राजेन्द्रसिंह भण्डारी पूर्वएआईजी, नेपाल प्रहरी सांसद निरुदेवी पालमाथि पेस्तोल दाग्दै ज्यान मार्ने धम्की दिएको सुनेँ । सर्सर्ती हेर्दा घटना गम्भिर नै देखिन्छ । यस्ता घटना गोप्य ढंगले अनुसन्धान गरिनुपथ्र्यो । तर, केहीबेरको सेन्टिमेन्ट तान्ने हिसाबले प्रहरी अनुसन्धान प्रेरित भएको देखिन्छ । त्यसो त प्रहरीले घटनाको २४ घण्टा नबित्दै ९० जना पक्राउ गरेको पनि सुनेँ । यो राज्य शक्तिको चरम दुरुपयोग हो । यस्ता अनुसन्धान आउटडेटेड भइसके । तर, नेपाल प्रहरीले अझै यो विधि अपानाइरहेको छ । यो गलत तरिका हो । यसले अपराध नियन्त्रण गर्दैन । बरु बढाउँछ । किनभने यसले निर्दोशमाथि बदलाको भाव सृजना गराइदिन्छ । काठमाडौं शहर प्रविधिमैत्री पनि छैन । सिसी टिभीको त कुरै छाडौं, सडक बत्तिसम्म राख्न सकिएको छैन । यसले अपराधीलाई सजिलो बनाएको छ । घटना गराएर अपराधी फरार हुन सक्छ । उनीहरुलाई ट्रेसिङ गर्ने हामीसँग कुनै संयन्त्र छैन । यसकै फाइदा लिंदै अपराध बढिरहेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy