श्रावण १९ गते, २०७५ शनिवार 4th August, 2018 Sat१४:५७:२४ मा प्रकाशित
काठमाडौँ ।जननिर्वाचित पदाधिकारीलाई सक्रिय र जिम्मेवार बनाइ उपत्यकामा सफाइ अभियानलाई तीव्रता दिन शुरु गरिएको छ ।
मुहानबाट नै वाग्मती सफा राखौँ भन्ने नारासहित वाग्मती सुन्दरता सरोकार मञ्चले जननिर्वाचित पदाधिकारीको नेतृत्वमा सफाइ शुरु गरेको हो । नगर र महानगर पालिकाका वडालाई वाग्मती सफाइ अभियानमा स्वामित्व ग्रहण गर्न प्रेरित गर्दै केही हप्तादेखि नयाँ स्वरुपमा काम शुरु भएको छ ।
वाग्मतीको मुहान क्षेत्र गोकर्णेश्वर नगरपालिका– १ बाट प्रारम्भ भएको पछिल्लो चरणको अभियान वडा नं २ को नेतृत्वमा कोलमतेश्वर नदी वडा नं ३ को सक्रियतामा स्यालमती९घट्टे खोला० वडा नं ४ को नेतृत्वमा सूर्यमती र चन्दमती, वडा नं ५, ६, ७ र ८ को सक्रियतामा वाग्मती नदी किनारमा सफाइ सम्पन्न भइसकेको छ ।
यसैगरी कागेश्वरी मनोहरा नगरपालिका– ८ तथा काठमाडौँ महानगरपालिका– ६ र ७ को नेतृत्वमा वाग्मतीको विभिन्न क्षेत्रमा सफाइ भइसकेको छ । सफाइ अभियानले स्रोतमै फोहरको वर्गीकरण गर्दै अर्गानिकलाई नदी किनारमै विसर्जन गर्ने नीति अघि सारेको छ । बिक्री हुने फोहरलाई अलग राखी काम नलाग्ने फोहरलाई मात्र अन्तिम विसर्जनको व्यवस्था मिलाउने क्रम शुरु भएको छ ।
वाग्मती सफाइ महाअभियानको २७३ औँ हप्ता पूरा भए पनि प्रभावकारी रुपमा काम हुन नसकेको अभियानकर्मीकै गुनासो छ । वाग्मती सफाइ महाअभियानलगायत उपत्यकाका नदी एवं चक्रपथ सफाइ अभियानले पनि सफाइ गरेर फोहर भने व्यवस्थापन गर्न नसकेको गुनासो गरेका छन् ।
बाइस मेट्रिक टन फोहर व्यवस्थापन
यसैबीच आज २७३ औँ हप्ताको वाग्मती सफाइ पशुपति क्षेत्रस्थित राममन्दिर परिसरमा गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २३४ हप्ता पनि यसै स्थानमा गरियो ।
कार्यक्रममा निरन्तर रुपमा वाग्मती सफाइमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पुडासैनी मैत्री समाज, तिलगंगा महिला समूह, माकलबारी टोल सुधार समाज तथा राम्रो जोरपाटी हाम्रो जोरपाटीलाई महानगरपालिका– ८ कार्यालयले सम्मान गरेको थियो ।
खानेपानी मन्त्री बिना मगरले आजको वाग्मती सफाइ महाअभियानको शुभारम्भ गर्नुहुँदै प्रभाव र दायरा फराकिलो बनाउँदै लैजानुपर्ने बताउनुभयो । सो अवसरमा प्रदेशसभा सदस्य नरोत्तम वैद्य, वडा नं ८ का अध्यक्ष दिनेशकुमार डंगोल लगायतले वाग्मती सफाइमा स्थानीय सहभागिता आवश्यक रहेको बताए ।
सफाइ अभियानले पशुपति राममन्दिर क्षेत्रमा मौलाएकोे झाडी फाँड्दै वाग्मती र किनारमा रहेको फोहर संकलन गरेको थियो । सफाइ अभियानमा आंशिक रुपमा कुहिने फोहरलाई नदी किनारमा खाडल खनेर गाडियो । पुनःप्रयोग हुननसक्ने फोहर मात्र व्यवस्थापनका लागि थुपारिएको जनाइएको छ ।
रुद्रमती सफाइको २२७ औँ हप्तामा डिल्लीबजार चारखाल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिका– ३० का अध्यक्ष दलबहादुर कार्कीसहित २०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । विष्णुमती सफाइको २०० औँ हप्तामा टोखा नगरपालिका– ८ क्षेत्रमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो
वाग्मतीको सुन्दरीघाट सफाइको ८३ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चित्र सुनुवारले बताए । यसैगरी मनोहरा नदी सफाइको ७१ औँ हप्तामा जडीबुटी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
चक्रपथ सफाइको ६९ औँ हप्तामा सानो भ¥याङ चोकबाट हलचोकसम्म सफाइ गरियो । यो सडकमा १० वर्षदेखि ग्यारेज गरी राखिएको १२ वटा सवारी महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा डोजर लगाएर व्यवस्थापन गरिएको अभियानकर्मी तिलक बस्नेतले जानकारी दिए ।
६०० जना अभियानकर्मीको उपस्थितिमा गरिएको सफाइबाट ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आलोकनगर सफाइको ६९ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
चक्रपथ बाफल खण्ड सफाइको ५१ औँ हप्तामा सितापाइलाचोकबाट कारखाना चोकसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । साउने झरी परेपनि अभियानकर्मी सफाइमा सक्रिय थिए ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: