श्रावण १९ गते, २०७५ शनिवार 4th August, 2018 Sat१५:२७:५९ मा प्रकाशित
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठनमा पूर्णतः सेमेस्टर प्रणाली लागू भएको छ ।
सेमेस्टर प्रणालीको शुरुवातसँगै परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समेत सुधार आएको छ । वार्षिक प्रणालीमा औषत ३५–४० प्रतिशत उत्तीर्ण हुने गरेकोमा सेमेस्टर प्रणाली अन्तर्गत औषतमा ६० प्रतिशतमाथि नतिजा आउन थालेको त्रिविले जनाएको छ ।
सेमेस्टर प्रणाली एउटा विषयको लागि कति क्रेडिट आवर प्रदान गरेर शिक्षण गर्ने भन्ने मापदण्ड निर्धारण गरी गुणस्तरीय पठनपाठन सञ्चालन गर्ने शैक्षिक प्रक्रिया हो । यसमा वार्षिक प्रणालीअनुसार एक विषयको १०० पूर्णाङ्क हुन्थ्यो भने, त्यही एक विषयको सेमेस्टर प्रणालीमा तीन क्रेडिट आवर मानिन्छ ।
“जति क्रेडिट आवर हुन्छ, हप्तामा त्यति नै घण्टा कक्षाकोठामा पठनपाठन क्रियाकलाप हुनुपर्दछ भन्ने अनिवार्य शर्त सेमेस्टर प्रणालीमा हुन्छ, प्रत्येक १०० पूर्णाङ्कका विषयको लागि मासिक कम्तीमा १२ क्रेडिट आवर अनिवार्य निर्धारण गरिएको हुन्छ । पूर्णाङ्क ५० मात्र हुने विषयको भने यसको आधा मात्र क्रेडिट आवर हुनेगर्दछ । यसरी क्रेडिट आवरका हिसाबमा एक सेमेस्टरमा ४८ क्रेडिट आवर पठनपाठन हुने गरी चार महिनामा पूरा हुनेगर्दछ ।
चार पाँच महिनाभित्र नतिजा प्रकाशन
“विद्यार्थीहरूले वार्षिक प्रणालीअनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सञ्चालन गर्ने परीक्षाको नतिजा आउने आठ÷नौ महिना पर्खनुपर्ने बाध्यता थियो । अहिले सेमेस्टर प्रणालीअनुसारको परीक्षा सञ्चालन र नतिजा प्रकाशनको जिम्मेवारी सम्बन्धित संकायहरूको डीन कार्यालयलाई दिइएको छ । गत शैक्षिकसत्रमा व्यवस्थापन संकायतर्फ २०७४ माघ ११ गते परीक्षा सकिएकोमा दुई महिना १८ दिनपश्चात २०७४ चैत २८ गते नतिजा प्रकाशन भएको थियो ।”त्रिविका सहायक प्रवक्ता नोदनाथ त्रितालले भने ।
यस्तै मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ २०७४ माघ २ गते परीक्षा सकिएकोमा वैशाख अन्तिम सातादेखि जेठ अन्तिम सातासम्म विभिन्न विषयको परीक्षाको परीक्षाफल प्रकाशित भएको भइसकेको त्रिविले जनाएको छ ।
सेमेस्टर प्रणाली अन्तर्गतका परीक्षाहरू डीन कार्यालयबाट सञ्चालन र नतिजा प्रकाशन शुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले पनि वार्षिक प्रणालीको परीक्षाको परीक्षाफल प्रकाशनमा हुने ढिलाइ कम गर्दै दुई महिनाभित्र नतिजा प्रकाशन गरेको छ ।
स्नातक तहको नतिजा प्रकाशनमा सुधार गरी परीक्षा समाप्त भएको चार महिनाभित्र अनिवार्य नतिजा प्रकाशन गर्नुपर्ने प्रावधान राखिएको छ । यसबाट विद्यार्थीले नतिजाको लागि लामो समय पर्खनुपर्ने र समय खेर फाल्नुपर्ने समस्याको समाधान हुने उनको भनाइ छ ।
त्रिविमा गुणस्तरीय शिक्षाको लागि सेमेस्टर प्रणाली लागू गर्नु र परीक्षा नियन्त्रण कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउने कार्यक्रममा उच्च शिक्षा सुधार परियोजनाले आर्थिक सहयोग गर्दै आएको छ ।
स्नातकोत्तर तहको सेमेस्टर प्रणाली आर्थिक वर्ष २०७०÷७१ बाट कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पसबाट शुरु भएको हो । शैक्षिक सत्र २०७४ देखि उपत्यकाभित्र पूर्णरुपमा र शैक्षिक सत्र २०७५ देखि देशभर स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भएको हो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: