Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

कारागारलाई सुधार गृहको रुपमा विकास गर्न आवश्यक- सभामुख महरा

काठमाडौँ। सभामुख कृष्णबहादुर महराले कैदीबन्दीलाई अपराध/गल्तीप्रति पश्चातापको महसुस गराई सकारात्मक चिन्तनको बाटोतर्फ लैजान प्रेरित गर्ने गरी कारागारलाई सुधार गृहको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । कारागारको सुधार तथा कैदीबन्दीको अधिकार प्रवद्र्धनसम्बन्धी आज यहाँ आयोजित अन्तक्र्रियामा उहाँले कैदीबन्दीलाई चार पर्खालभित्र थुनेर प्रतिशोध वा हिनताबोधको बाटोमा जान बाध्य पार्ने तथा अपराधी वा मानसिक रोगी उत्पादन गर्ने कारखाना बनाउन नहुने धारणा व्यक्त गरे । उनले भने–“कैदीबन्दीको आचरण, व्यवहार र आपराधिक मनोवृत्तिलाई परिवर्तन गरी सकारात्मक चिन्तन र क्षमता अभिवृद्धि गराउन आवश्यक पर्ने ऐन नियम बनाउने काममा घोत्लिन आवश्यक छ । हामीले कल्पना गरेको समाज कैदीबन्दीमुक्त चेतनशील, उन्नत र सुन्दर समाज हो । त्यस्तो समाजमा कारागार हुँदैनन् ।’’ कारागारलाई सुधार गृह, सीप विकास केन्द्र हुँदै सकारात्मक चिन्तन विकास गर्ने पाठशालाका रुपमा विकास गर्ने लक्ष्य राख्नुपर्दछ भन्दै सभामुख महराले भने– “अहिलेदेखि नै सकारात्मक पहलकदमी लियौं भने एक दिन अवश्य त्यस्तो समृद्ध, शान्त र सभ्य समाज निर्माणमा सफल हुनेछौं ।” कार्यक्रममा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले करागारको क्षमताभन्दा बढी कैदी रहेको वर्तमान परिस्थितिमा खुला कारागारमा रुपान्तरण गर्नु आफँैमा चुनौतीपूर्ण रहेपनि कारागारलाई भने सुधार गर्दै जानुको विकल्प नरहेको धारणा राख्नुभयो । कारागार व्यवस्थापन विभागका पूर्व महानिर्देशक कृष्णचन्द्र घिमिरेले नेपालमा कारागार: अवस्था, कानूनी व्यवस्था र गर्नुपर्ने सुधारको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । भक्तपुर, बारा, धनुषा, सुस्तापूर्व नवलपरासी र पूर्वी रुकुमबाहेक मुलुकका ७२ जिल्लामा कारागार रहेका छन् । त्यसमध्ये काठमाडौँ र दाङमा दुई÷दुईवटा कारागार छन् भने देशका ५३ जिल्लामा महिला कारागार रहेको कार्यपत्रमा उल्लेख छ । भक्तपुर, मोरङ र कास्कीमा बाल सुधार गृह सञ्चालनमा रहेका छन् । सो अवसरमा भक्तपुर जिल्लाका जिल्ला न्यायाधीश डा श्रीप्रकाश उप्रेतीले कारगार, बन्दीको अधिकार र सुधार गर्नुपर्ने क्षेत्रकाबारे तयार गरिएको कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा कारागारसम्बन्धी कानूनी तथा नीतिगत संरचना, कारागारको सञ्चालन, निरीक्षण नियन्त्रण तथा बल प्रयोग, शीघ्र रिहाइ, फौज्दारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, कारागार सेवा तथा मानव संशाधन, सुधार गर्नुपर्ने क्षेत्रजस्ता विषयवस्तु समेटिएको छ । प्रत्येक कैदीले पाउने भूइँको क्षेत्रफल निर्धारण गरेर त्यसको आधारमा कारागारको क्षमता निर्धाण गर्न पनि कार्यपत्रमा सुझाव दिइएको छ । आयोजक संस्था ह्युमानिटी एण्ड इनक्लुजन नेपालका प्रमुख शिव आचार्यले फौज्दारी कसुर र सजाय ऐन कतिपय प्रावधानलाई युग सुहाउँदो बनाउने सन्दर्भमा नियमावली बनाउँदा सुधार गर्नुपर्ने पक्षमा सुझाव दिन आग्रह गरे । सो अवसरमा सहभागी वक्ताहरुले खुला कारागारको अवधारणालाई छिटो कार्यान्वयनमा ल्याउन, पारिवारिक भेटघाट, कैदबापत शारीरिक श्रममा लगाउने व्यवस्था तथा कारागारको भौतिक अवस्थाको मानवोचित सुधार ल्याउनेलगायतका विषयमा सुझाव प्रस्तुत गरेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy