वित्तीय संस्थाको ऋण लगानी उल्लेखनीय, तर प्रतिफल स्थिर
श्रावण १९ गते, २०७५ शनिवार 4th August, 2018 Sat१६:०३:१३ मा प्रकाशित
काठमाडौँ।कृषिमा सरकारी अनुदान र वित्तीय संस्थाको ऋण लगानी उल्लेखनीय छ । तर, लगानीअनुरुप प्रतिफल प्राप्त हुनसकेको छैन ।
कृषि विकास मन्त्रालयले आव ०७.०७४ मा रु १० अर्ब ७८ करोड अनुदान र कृषि बिकास बैंकले २०७५ असारसम्म रु एक खर्ब ३४ अर्ब ३२ करोड लगानी गरेको छ । कृषि विकास बैंक सरकारको ५१ प्रतिशत लगानी रहेको संस्था हो ।
कृषिविज्ञ कृष्ण पौडेल चालू आवको बजेटमार्फत सरकारले पाँच वर्षमा उत्पादकत्व दोब्बर बढाउने घोषणा गरेको भए पनि नियमित लगानीको अनुगमन हुन नसकेका कारण विगत १० वर्षदेखि खाद्यान्न उत्पादनमा सोचेजति वृद्धि हुन नसकेको बताउछन् ।
केन्द्रीय बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी तोकेको भए पनि उत्पादनका क्षेत्रमा लगानी उत्साहजनक देखिँदैन । तसर्थ, उत्पादकत्व वृद्धिदर बढ्न नसकेको हो ।
बैंकले अनाज (अन्न), तरकारी, चिया/ कफी, सुर्ती, जुट, नगदे बाली, फलफूल, पुष्पखेती, कुखुरापालन, र माछा गरी जम्माजम्मी नौ प्रकारका क्षेत्रमा कूल रु एक खर्ब ३४ करोड ३७ लाख ७० हजार लगानी गरेको छ ।
जबकी बैंकले उत्पादनको क्षेत्रमा भन्दा कृषिजन्य उद्योग र प्रशोधनमा झण्डै ५० प्रतिशतभन्दा बढीअर्थात् रु दुई खर्ब २८ अर्ब ९३ करोड ९२ लाख लगानी गरेको छ ।
उत्पादनबाहेक बैंकले वाइन, चिनी, पशुपक्षी दाना उद्योग, सुर्ती प्रशोधन प्याकेजिङ, सिँचाइ, बधशाला निर्माण, चिस्यान केन्द्र सञ्चालनमा लगानी गरेको छ । तथापि कृषि विकासका लागि सिँचाइ अपरिहार्य भए पनि सो बैंकको सिँचाइ क्षेत्रमा जम्मा रु नौ करोड सात लाख लगानी छ ।
राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारी बैंकले क्रमशः लगानी बढाउँदै लगेको भए पनि केही टाठाबाठा व्यक्ति, समूह वा सहकारी संस्थाले कृषिमा प्राप्त अनुदान र सस्तो ब्याजदरमा प्राप्त ऋण लिने तर, उक्त कर्जा कृषिमा नभई अन्यत्र क्षेत्रमा लगानी गर्ने परिपाटीका कारण कृषि क्षेत्रमा आर्कषक परिवर्तन हुननसकेको बताउनुहुन्छ ।
अनुदान उपलब्ध गराउने निकायको नियमित अनुगमन नहुनु र लगानीको ब्याज प्राप्त भएपछि बैंकले लगानीकर्तासँग कुनै चासो नदेखाएकाले कृषिमा लगानी बालुवामा पानी हाले सरहदेखिएको जानकारको भनाइ छ ।
धान, मकै र गहुँ उत्पादनमा उत्साहजनक लगानी छैन । जबकी मानिसलाई दुई छाक खानमा चामल र पिठो अनिवार्य चाहिन्छ । अन्न उत्पादनमा कृषि विकास बैंकको लगानी रु तीन अर्ब ९१ करोड २५ लाखमा सीमित छ ।
कृषि विकास बैंकका सूचना अधिकृत हिमलाल पौडेलले किसानको माग र चाहनाअनुसार बैंकले लगानी गर्दै आएको भए पनि बैंकले उत्पादनका क्षेत्रको अलवा कृषि क्षेत्रलाई सहयोग पुग्ने अन्य क्षेत्रमा पनि लगानी गरेको बताए ।
बैंकले कृषिका अन्य क्षेत्रभन्दा तरकारी र कुखुरापालनमा अधिक लगानी बढाउँदै लगेको छ । तरकारीमा रु ४० अर्ब ८३ करोड ३७ लाख र कुखुरापालनमा रु ३९ अर्ब ५७ करोड ५५ लाख पु¥याएको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: