Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

कति हुन्छ नेकपाको बार्षिक आम्दानि ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी सदस्यता शुल्कबाट मासिक साढे तीन करोड उठ्ने भएको छ । स्थायी कमिटीदेखि क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ६१ लाख २८ हजार रुपैयाँ उठ्ने भएको हो । दुई पार्टी एकता भएको दिनदेखि नै पार्टीको सदस्य शुल्क बुझाउनुपर्ने नेकपा महासचिव विष्णु पौडेलले बताए । यो खबर आजको नयाँ पत्रिकामा छ-नेकपाको अन्तरिम विधान २०७५ अनुसार पार्टीको संगठित सदस्यको मासिक शुल्क ५० रुपैयाँ राखिएको छ । सोहीअनुसार तत्कालीन एमालेको क्रियाशील सदस्यको संख्या चार लाख र तत्कालीन माओवादी केन्द्रले तीन लाख क्रियाशील सदस्य रहेको दाबी गरेका छन् । यसरी नेकपाको सात लाख क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ५० लाख रुपैयाँ आम्दानी हुने भएको छ । स्थानीय कमिटीबाट मात्रै मासिक चार लाख पार्टीको स्थानीय कमिटीमा बसेका नेताले संगठित सदस्य शुल्कको १० प्रतिशत थप हुने गरी मासिक शुल्क बुझाउनुपर्नेछ । संगठित सदस्य शुल्क ५० रुपैयाँमा थप १० प्रतिशत जोड्दा स्थानीय पार्टी कमिटीले मासिक प्रतिव्यक्ति ५५ रुपैयाँ उठाउनुपर्नेछ । यसरी सात सय ५३ स्थानीय तह र ती स्थानीय तहका कुल ६ हजार सात सय ४३ वडा कमिटीमा बसेका नेताबाट मासिक सदस्य शुल्क चार लाख १२ हजार दुई सय ८० रुपैयाँ उठ्ने भएको छ । प्रदेश र जिल्ला कमिटीबाट मासिक आठ लाख ३३ हजार प्रदेश र जिल्ला कमिटीको जिम्मेवारी लिएका नेताले संगठित सदस्य शुल्कमा २५ प्रतिशत थप गरेर बुझाउनुपर्नेछ । यस्तो हुँदा प्रदेश र जिल्ला कमिटी सदस्यको जिम्मेवारी लिएका नेताले प्रतिव्यक्ति मासिक ६३ रुपैयाँ बुझाउनुपर्नेछ । पार्टीको अन्तरिम विधानले प्रदेश कमिटीमा एक सय ५१ सदस्य हुने व्यवस्था गरेको छ । प्रदेश कमिटीका एक सय ५१ सदस्यसहित सात प्रदेशमा कुल ३६ सय पाँच नेताले जिम्मेवारी पाउनेछन् । यस्तै, जिल्ला कमिटीमा एक सय २५ सदस्यसहित ७७ जिल्लामा नौ हजार ६ सय २५ नेता–कार्यकर्ताले जिम्मेवारी पाउनेछन् । यसरी प्रदेश र जिल्ला कमिटी जिम्मेवारी लिएका नेताबाट मात्रै मासिक शुल्कबापत आठ लाख ३३ हजार चार सय ९० रुपैयाँ उठ्नेछ । केन्द्रीय सदस्यबाट मासिक ३० हजार नेकपाको नियमावली २०७५ को सदस्य शुल्क र लेबी सम्बन्धको विधानको धारा ९ को ‘ख’को ४ बमोजिम संगठित सदस्यको शुल्क ५० रुपैयाँ हुने उल्लेख छ । सदस्य तथा संगठित सदस्यता शुल्कको ४० प्रतिशत केन्द्रीय कमिटीले मासिक शुल्क बुझाउनुपर्ने उल्लेख छ । यस्तो हँुदा केन्द्रीय कमिटीमा रहेका नेताले मासिक ७० रुपैयाँ बुझाउनुपर्नेछ । केन्द्रीय कमिटीमा रहेका चार सय ४१ नेताले मासिक सदस्य शुल्क ३० हजार आठ सय रुपैयाँ बुझाउनेछन् । विधानअनुसार सदस्य शुल्कको रकम खर्च गर्छौं : पौडेल पार्टीको सबै एकता प्रक्रिया टुंगो लगाएपछि सदस्यता व्यवस्थापनमा लाग्ने नेकपा महासचिव विष्णु पौडेलले बताए । ‘हामीले जनवर्गीय संगठन र सबै पार्टी कमिटीको लगभग साउन महिना, नभए भदौ पहिलो हप्ताभित्र एकता गरिसक्छौँ,’ पौडेलले भने, ‘सबै जनवर्गीय संगठन र पार्टी कमिटीको एकतापछि पार्टी सदस्य व्यवस्थापनमा लाग्नेछौँ ।’ नेकपाका सबै क्रियाशील सदस्यलाई आधुनिक तरिकाले व्यवस्थित गरिने उनले बताए । ‘सबै क्रियाशील सदस्यबाट उठ्ने रकमलाई पारदर्शी ढंगले राख्नेछौँ,’ उनले भने, ‘यसरी उठेको रकम विधानअनुसार नै खर्च गर्छौं ।’
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy