Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

सभापति देउवाद्वारा पङ्गेनीको निधनमा दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस स्याङ्जाका सभापति तथा पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत नेता पङ्गेनीको असामयिक निधनबाट काँग्रेस पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुगेको बताएका छन् । उनको आज बिहान ५ः३० बजे स्याङ्जामा हृदयाघातबाट निधन भएको हो । पूर्वप्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । पङ्गेनीको अन्त्येष्टि आजै गरिने पार्टी कार्यालयले जनाएको छ । काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार अन्त्येष्टिमा सहभागी हुन सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललगायत नेता आजै स्याङ्जा प्रस्थान गर्दै छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय पङ्गेनीप्रति सम्मान प्रकट गर्न काँग्रेसले यही साउन २१ गते केन्द्र र ७७ वटै जिल्ला कार्यालय बन्द गर्ने र पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । त्यस्तै पार्टीले पार्टी स्याङ्जा जिल्ला कार्यालय तीन दिन बन्द गर्नाका साथै पार्टीको झण्डा आधा झुकाउने, केन्द्रीय कार्यालय र सम्बन्धित स्याङ्जा जिल्ला कार्यालयमा १३ दिनसम्म शोकपुस्तिका राख्ने र १३ औँ दिन स्याङ्जाको सदरमुकाममा श्रद्धाञ्जलिसभा आयोजना गर्ने निर्णय गरेको सचिव शर्माले जानकारी दिए । विसं २०१९ जेठ १९ गते स्याङ्जाको भीरकोट नगरपालिका– ६ मा जन्मनुभएका पङ्गेनी २०७० सालको संविधानसभा निर्वाचनमा स्याङ्जा– २ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending