Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

बच्चा जन्माउने वा गर्भपतन गराउन चाहनेलाई वञ्चित गराए कारबाही गर्ने मन्त्रिपरिषद्को निर्णय

बच्चा जन्माउने वा गर्भपतन गराउन चाहने महिलालाई सो अधिकारबाट वञ्चित गराउने अस्पताल र चिकित्सकलाई सजाय गर्ने प्रावधानसहितको विधेयक संसद्‌मा पेश गर्ने बाटो खुलेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सातवटा विधेयक संसद्‌मा पेश गर्ने निर्णय गरेपछि मौलिक हक भनी राखिएको प्रजनन अधिकार अब बाध्यात्मक रूपमा पालना गरिनुपर्ने अधिकारीहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयले तीन वर्ष लगाएर तयार पारेको सो विधेयकमा सुत्केरी तथा जन्मिएका शिशुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको जनाइएको छ। प्रजनन, गर्भपतन र शिशुको उपचार जस्ता विषय संविधानमा मौलिक हकको रूपमा राखिएको छ । उक्त हकबाट वञ्चित गराउनेलाई दण्डसजायको व्यवस्था राखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका ऐन नियम परामर्श शाखाका कानून उपसचिव गङ्गाबहादुर खरेलले बताए । उनले भने, \'गर्भवती सेवा दिनबाट वञ्चित गरेमा वा अस्वीकार गरेमा त्यसलाई कसुर ठहर हुने व्यवस्था गरिएको छ। आफ्नो स्वास्थ्य संस्थामा सेवा उपलब्ध हुँदाहुँदै वा जानाजान अर्को अस्पतालमा पठाएमा पनि कसुर ठहरिनेछ र यी सबैमा सजायको व्यवस्था गरिएको छ ।\' आइतवारको मन्त्रिपरिषद्को बैठकले त्योसहित सातवटा विधेयक संसद्‌मा पठाउने निर्णय गरेको थियो । सुरक्षित मातृत्व तथा प्रजननसम्बन्धी अधिकार दिइएको विधेयकले कानूनी रूप लिन लागेको पहिलो पटक हो । दण्डको व्यवस्थाले महिलाको बच्चा जन्माउने वा गर्भपतन गराउने भन्ने अधिकार बलियो हुने अपेक्षा गरिएको छ । विधेयकको मस्यौदा तयार पार्न भूमिका खेलेकामध्येकी एक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी पूर्व सचिव डा। किरण रेग्मीले भनिन्, \'गर्भवती महिलाले पाउनुपर्ने सेवा के हो र त्यो नपाएमा कहाँ गएर उजुरी गर्ने जस्ता थाहा नपाइरहेको विषयबारे किटान गरिएको छ। यो बाध्यात्मक नियमले महिलालाई सजिलो हुनेछ।\' हाल सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउन आउने सुत्केरीलाई निःशुल्क उपचार तथा ५ सय देखि १५ सय रुपैयाँसम्म बाटो खर्च दिने व्यवस्था छ । संविधान लागु भएको तीन वर्षभित्र अर्थात् आगामी असोज ३ गतेभित्र कानून बनाइसक्नुपर्ने छ । बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy