Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

केन्द्र सार्ने वा कायम राख्ने विवादले विकासको काम ठप्प

लहान। सिरहाको कर्जन्हा नगरपालिकाको केन्द्र कर्जन्हा बजार सार्ने कि बगाहामै राख्ने विषयमा विवाद बढ्दै गएपछि नगरपालिकाको कामकाज लामो समयदेखि प्रभावित हुँदै आएको छ । नगरपालिकाको केन्द्र कर्जन्हा बजारमा सार्ने नगरप्रमुख र केन्द्र बन्दीपुर बगहामा राख्नुपर्ने विभिन्न वडाअध्यक्षको अडानका कारण विवादमा फसेको कर्जन्हा नगरपालिकाले अपेक्षित रुपमा कुनै काम गर्न सकेको छैन । जनप्रतिनिधिको विवादकै बीचमा स्थानीयवासीसमेत नगरपालिकाको केन्द्रका विषयमा दुई पक्षमा विभाजित भएपछि नगरपालिकाको विवाद थप पेचिलो बनेको स्थानीयवासीको भनाइ छ । नगरप्रमुख गंगा पासवानले नगरपालिकाको केन्द्र कर्जन्हा बजारमा सार्ने र वडा नं १ देखि ६ सम्मका वडाध्यक्षहरुले हाल वडा नं ११ मा सञ्चालित रहेको बन्दीपुर बगहामै केन्द्र कायम राख्नुपर्ने विवादकाबीच गत असार २६ गते नगरपालिकाको कार्यालयमा आगजनी भएको थियो । आगजनीले कार्यालयको झ्याल, ढोका र फर्निचरलगायतका समानमा क्षति पुगेको थियो । सो आगजनीको आरोप एक अर्कालाई जनप्रतिनिधिले लगाउँदै आएका छन् । नगरपालिकाको केन्द्रको विवाद नगरपालिकामा मात्र सीमित नभएर अदालतसम्म पुगेको स्थानीयवासी बताउँछन् । आर्थिक वर्ष २०७४÷७५ सम्मका लागि भाडाको भवनमा कार्यालय सार्ने निर्णय पहिलो कार्यपालिका बैठकबाट गराएका थिए । त्यसपछि स्थानीयवासी बागबहादुर मगर र ओमप्रकाश महतोले उच्च अदालत राजविराजमा साविककै ठाउँमा केन्द्र हुनुपर्ने भन्दै मुद्दा दर्ता गरेका थिए । अदालतले राजपत्रमा तोकिएकै स्थानमा कार्यालय सञ्चालन गर्न परमादेश जारी गरे पनि पालना नभएपछि उहाँहरूले अवहेलना मुद्दा हालेका थिए । भाडाको भवनबाट केही सामग्री सारेर साविकै ठाउँ बगहामा नगरपालिका कार्यालय सञ्चालन भइरहेको छ । दोस्रो नगरसभा बैठकमा नगरप्रमुख पासवानले फेरि केन्द्र कर्जन्हास्थित भाडाकै भवनमा सञ्चालन गर्न प्रस्ताव ल्याएपछि विवाद बल्झिएको स्थानीयवासी राजलाल कामत बताउछन् । नगरपालिकाको केन्द्रको विषयमा विवाद बढे्कै कारण गत असारमा नगरसभा गर्न ढिलाइ भएको थियो । नगरसभा ढिलाइ भए पनि स्थानीय विकास मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा भएको छलफलमा तत्काललाई नगरपालिकाको केन्द्र सार्ने विषयलाई थाती राखेर नगरसभा गर्ने सहमति भएको थियो । नगरपालिकाको केन्द्र कर्जन्हामा सार्ने वा बगहा राख्ने विषयमा जनप्रतिनिधिबीच विवाद भइरहेकै बेला केन्द्र कर्जन्हामा सार्नुपर्ने माग गर्दै नागरिक समाजले नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । नागरिक समाजका संयोजक कुशेश्वर महतोको नेतृत्वमा पुगेका टोलीले बुझाएको ज्ञापनत्रपमा नगरपालिकाले जनहितका लागि कृषि, शिक्षा तथा रोजगारी लक्षित जनपक्षीय कार्यक्रम जारी गर्नुपर्ने, कर्मचारीको मनोमानी तथा ढिलासुस्ती बन्द गर्नुपर्ने र नगरपालिकाको कार्यालयमा भएको आगजानीको अनुसन्धान गरेर दोषीलाई कारवाही गर्नुपर्ने माग गरिएको छ । अनियमित खर्च अविलम्ब बन्द गरी नगरपालिकाको आयव्ययको सम्पूर्ण विवरण सार्वजनिक गर्न पनि माग गरिएको छ । विगत लामो समयदेखि सुरक्षाको बहाना बनाउँदै अधिकृत कार्यालयमा नआउँदा कामकाज प्रभावित बनेको संयोजक महतोको कथन छ । कर्जन्हा नगरपालिकाको कार्यालयका लागि नागरिक समाजमा आवद्ध व्यक्तिले नौ कट्ठा १६ धुर जग्गासमेत उपलब्ध गराएको उल्लेख गर्दै ज्ञापनपत्रमा जग्गा नामसारी गर्दा पट्टामै जग्गा नगरपालिकाको कार्यालय निर्माण गरेर उक्त ठाउँमा लग्नुपर्ने उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझ्दै छलफलको माध्यमबाट समस्या समाधान गर्ने प्रतिबद्धता नगरप्रमुख पासवानले व्यक्त गर्नुभएको महतोको भनाइ छ । केही दिन अगाडि कर्जन्हा संघर्ष समितिले हाल रहेको बगहामै नगरपालिकाको केन्द्र राख्नुपर्ने माग गर्दै नगरप्रमुखलाई ध्यानकार्षण गराएको थियो । संघर्ष समितिले नगरपालिकामा आर्थिक बेथिति बढ्दै गएकाले आयव्यय सार्वजनिक गर्नसमेत माग गरेको थियो । कर्जन्हा नगरपालिकामा केन्द्र सार्ने विषयमा उत्पन्न विवादकै बीच केही दिन अगाडि नगरप्रमुख पासवानले आफूलाई दुव्र्यवहार गरेको भन्दै नगरपालिकाका कर्मचारी बलिराम यादव जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति सिरहासम्म पुगेका थिए । कर्जन्हा नगरपालिकामा उत्पन्न विवाद नियोजित रुपमा सिर्जना गराइएको आफूलाई घेरा बन्दीमा पार्न खोजेको नगरप्रमुख पासवान बताउछन् । उनी भन्छन् –‘‘आफू दलित समुदायका भएकाले विभिन्न विवाद सिर्जना गरी घेराबन्दीमा पार्न खोजेको छ ।” तर पनि आफू दुबै पक्षसँग छलफल गरी आवश्यक निर्णय लिने नगरप्रमुख पासवानको कथन छ । नगरपालिकामा थुप्रै समस्या सिर्जना गरिएको छ, तर सबैले सन्तुष्ट हुने खालको निर्णय लिने नगरप्रमुख पासवान बताउछन् । यसरी कर्जन्हा गाउँपालिका विगत लामो समयदेखि विवादमा फसे पनि यसको समाधानमा कुनै ठोस् प्रगति छैन् । केन्द्र सार्ने वा राख्ने विवादलाई तत्काल समाधान खोजेर नगरको समग्र विकासमा जुट्न स्थानीय वुद्धिजीवीहरुले आग्रह समेत गरेका छन् । अन्यथा जनताको जनप्रतिनिधिप्रतिको विश्वास गुम्ने मात्रै होइन्, स्थानीय सरकारप्रति नै वितिष्ण बढ्ने बुद्धिजीवीहरुको भनाइ छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy