Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

मुसहर समुदायमा सामाजिक चेतना बढ्दै

बर्दिवास। महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ डोठाराका मुसहरले सामाजिक चासो बढाउन थालेका छन् । आफ्नो मालिकले अ¥हाएको काम गरेर पाएको बनी (पारिश्रमिक) बाट दुईछाक टार्नबाहेक कुनै कुरामा चासो नराख्ने मुसहर अब भने शिक्षा, स्वास्थ्य र अन्य सामाजिक काममा चासो राख्न थालेका हुन् । शिक्षा, स्वास्थ्य र विभिन्न अवसरबाट पछि परेका यो बस्तीका मुसहर नेपाल रेडक्रश सोसाइटी महोत्तरी शाखाको सहयोगले नानीहरुलाई पढाउन थालेका छन् । चेतनामा अत्यन्तपछि परेका यहाँका मुसहर अब धमाधम चर्पी बनाउन थालेका छन् । ‘बिहान कमाएर (बनी गरेर) ल्यायो, बेलुका भुटेर खायो’ आहानमा उभ्याइने मुसहर अतिरिक्त कमाउने, सञ्चय गर्ने, आफ्नो अधिकार खोज्ने वा कुनै गुनासो गर्ने कुरामा पुरै बेखबर रहने जातिका रुपमा परिचित छन् । खेती मजदूरी (कृषि मजदूरी) गुजाराको मुख्य पेशा रहेको यो जाति अब नियमित राजनीतिक प्रशिक्षण, सामाजिक सङ्घ संस्थाको लगातारको प्रयत्न र चासोले सार्वजनिक मञ्चमा देखिन थालेका लोहारपट्टी नै घर भएका प्रदेशसभा सदस्य जानकीशरण साह बताउछन् । पछिल्लो चरणमा रेडक्रश महोत्तरी शाखाले यो बस्तीमा नियमित नेतृत्व विकास, जीविकोपार्जन र खानेपानी एवं सरसफाइका लागि विशेष तालीम नै सञ्चालन गरेको छ । गत वर्षको बर्खे भेलले बस्ने र खाने ठाउँ गुमाएका मुसहरका १२६ जना नानीहरुलाई रेडक्रश महोत्तरी शाखाले शैक्षिक सामग्रीसहितका झोला दिएको छ । मुसहर बालबालिका काखीमा कापी, कलमसहितको झोला भिर्न पाएपछि दङ्ग पर्दै नियमित बिद्यालय जान थालेका छन् । कृषि कार्यको मजदूरी गर्ने मुख्य व्यवसायका मुसहरलाई रेडक्रशले आयआर्जनका सानातिना काम सञ्चालन गर्न १८० परिवारलाई रु १५ हजार रकम सहयोग गरेको छ । यो रकमबाट मुसहर महिलाले काँसका डाली बुन्ने, सानो किराना पसल चलाउने र केही युवाले चनाचटपटे बनाएर बेच्ने गरेका र केहीले बाख्रापालन गर्न थालेका छन् । यो सहयोग सानो भए पनि मुसहरलाई वैकल्पिक रोजगारी खोज्न भने सहयोगी बनेको छ । रेडक्रशको सहयोगले अब भने हामी पनि यसै समाजका रहेछौँ भन्ने लाग्न थालेको लोहारपट्टीकै मुसहर समुदायका अगुवा शिव सादाले बताए । जिल्लामा ३३ हजारको हाराहारी जनसङ्ख्या रहेको मुसहर समुदाय शिक्षामा निकै पछि परेको छ । यो समुदायबाट अहिलेसम्म एससीइई उत्तीर्ण गरेकाको सङ्ख्या १५ ननाघेको शिक्षा विकास समन्वय एकाइ महोत्तरीले जनाएको छ । तर सामाजिक सङ्घ संस्था, राजनीतिक दल, स्थानीय तह र अन्य सम्बद्ध तह निकायले थालेका निरन्तरको प्रयत्नले यसपालि भने मुसहर समुदायका झण्डै दुई हजार बालबालिका विद्यालय भर्ना भएका एकाइ प्रमुख सत्रुधन यादवको भनाइ छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy