Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

कहाँ बस्छन् विश्वका सबैभन्दा धनी व्यत्ति ? जान्नुहोस्

एउटा अध्ययन प्रतिवेदन अनुसार ५० करोड डलरभन्दा बढीको सम्पत्ति हुने मानिस अर्बपतिको सूचीमा सामेल हुन्छन्। यदि तपाईँसँग त्यति पैसा भयो भने तपाईँ कहाँ बस्न रुचाउछन् । नाइट फ्र्याङ्क एलएलपीले त्यसबारे सन् २००९ देखि जान्ने प्रयत्न गर्दै आएको छ । \'रियल स्टेट\' तथा परामर्शदाता उक्त एजेन्सीको स्थापना सन् १८९६ मा लण्डनमा भएको हो । सो एजेन्सीको हालैको एउटा अध्ययन प्रतिवेदन अनुसार ५० करोड डलर बराबरको सम्पत्तिका अधिकांश मालिकहरू उत्तर अमेरिकी महाद्वीपमा बस्छन् । त्यसमध्ये सबैभन्दा बढी (३१ दशमलव ८ प्रतिशत) अमेरिका र क्यानाडामा बस्छन् । त्यसपछि एशियामा २८ दशमलव १ प्रतिशत र युरोपमा २४ दशमलव ४ प्रतिशत बस्छन् । बाँकी १५ प्रतिशत मध्य एशिया, अष्ट्रेलिया, रुस र राष्ट्रमण्डलका स्वतन्त्र देश (सीआईएस), ल्याटिन अमेरिका र अफ्रिकामा बस्छन् । प्रतिवेदन तयार पार्न उक्त एजेन्सीले वेल्थ-एक्स नामक एउटा अन्तर्राष्ट्रिय डेटा कम्पनीबाट जानकारी लिएको थियो । उक्त डेटा कम्पनीले कैयौँ विलासी ब्राण्ड, गैरसरकारी तथा शिक्षण संस्थाहरूसँग काम गर्दै आएको छ । त्यसबाहेक प्रतिवेदनका लागि विश्वका पाँच सयभन्दा बढी ब्याङ्कहरूबारे गरिएको सर्वेक्षणबाट जानकारी लिइएको थियो । ती ब्याङ्कहरूले विश्वका ती ५० हजार मानिससँग पनि कारोबार गर्छन्, जसको कुल सम्पत्ति ३ अर्ब डलरभन्दा बढी छ । प्रमुख १० देश उक्त रिपोर्ट अनुसार बढी अर्बपति रहेका प्रमुख १० मुलुकमा अमेरिका, चीन, जर्मनी, जापान, हंगकंग, क्यानाडा, स्वीट्जरल्याण्ड, फ्रान्स, रुस, सीआईएस मुलुकहरू र ब्रिटेन रहेका छन् । हुन त अमेरिका र दोस्रो स्थानमा रहेको चीनका अर्बपतिहरूको सङ्ख्यामा ठूलो अन्तर छ । अमेरिकामा चीनको तुलनामा १,३४० जना बढी अर्बपति छन्। अमेरिकामा अर्बपतिहरूको सङ्ख्या १,८३० छ। ११ औँ स्थानमा रहेको भारतमा २०० अर्बपति छन् । सन् २०१६ र २०१७ को बीचमा अर्बपतिहरूको सङ्ख्या सबैभन्दा बढी हंगकंगमा ९२३ प्रतिशतले० बढेको छ। ब्रिटेनमा चार प्रतिशतले कम भएका छन् । भारतमा सन् २०१६ र २०१७ को बीचमा १८ प्रतिशतले अर्बपति बढेका छन् । हामी स्पष्ट रूपमा भन्न सक्छौँ कि अर्बपतिहरूसँग एकभन्दा बढी सम्पत्ति हुन्छ र उनीहरू विश्वका कैयौँ स्थानमा बस्छन् । उक्त अध्ययन प्रतिवेदनका लागि ५०० निजी ब्याङ्कर्सहरूसँग अन्तर्वार्ता गरिएको थियो । अन्तर्वार्तामा उनीहरूले ५० करोड डलरभन्दा बढी सम्पत्ति भएका आफ्ना सेवाग्राहीसँग कम्तीमा तीनवटा घर भएको बताएका थिए । उनीहरूमध्ये औसत चारवटा घर भएका अर्बपति सबैभन्दा बढी मध्य एशियामा भएको पाइयो भने सबैभन्दा कम घर अर्थात् औसत दुईवटा घर भएका अर्बपतिहरू अफ्रिकामा बस्ने गरेका छन् । त्यसबाहेक अर्बपतिहरूसँग दुईवटा देशको नागरिकता हुने गरेको कुरा सामान्य भएको पाइएको थियो । सो प्रतिवेदन अनुसार रुसी ब्याङ्कका सेवाग्राहीमध्ये ५८ प्रतिशतसँग दुईवटा देशको नागरिक भएको पाइएको थियो । त्यस्तै ४१ प्रतिशत ल्याटिन अमेरिकी र ३९ प्रतिशत मध्य एशियाली अर्बपतिहरूसँग दुईवटा देशको नागरिकता भएको पाइएको थियो । नाइट फ्याङ्क एलएलपीले अर्बपतिहरूको आफ्नो सूचीमा १०० डलर बराबरको सम्पत्ति भएका २२०८ जनालाई समावेश गरेको छ ।बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy