Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

पानी पर्न थालेपछि त्रसित हुन्छन् भत्तपुरवासी

भक्तपुर। “जब आकाश कालो भएर आउँछ, मन ढक्क फुल्छ, जब पानी पर्न थाल्छ, अनि मन त्रासले भरिन्छ”, मध्यपुरथिमि नगरपालिका राधे राधेकी वसुन्धरा थापा भन्छिन् । थापा मात्रै होइन यस क्षेत्रका वासिन्दामा पानी पर्न थालेपछि खोला पस्छ कि भन्ने त्रास उत्पन्न हुन्छ । मध्यपुरथिमि नगरपालिकाअन्र्तगत राधे राधे, कमेरोटार तल्लो क्षेत्र, शङ्खधरचोक र निकोसेरा, भक्तपुर नगरपालिकाको सल्लाघारी, हनुमानघाट क्षेत्र, बाराही क्षेत्र र सूर्यविनायक नगरपालिकाको कटुञ्जेको तल्लो क्षेत्र, दधिकोट, बालकोट क्षेत्रका बासिन्दा पानी पर्न थाले पछि डराउँन थाल्छन् । विगतमा दुई–चार वर्षको फरकमा आउने बाढी केही हदसम्म बस्तीमा पसे पनि धेरै नोक्सान गर्दैनथ्यो । तर हनुमन्ते खोलाले यस वर्ष भने बितण्डा मच्चाएर बस्तीमा पस्न थालेपछि त्रासमा बस्नु परेको भक्तपुर नगरपालिका बाराही स्थानका रामप्रसाद प्रजापति बताउछन् । काभ्रेको नाला, टुकुचा, नगरकोट, सुडाल, ताथली, बागेश्वरी, भक्तपुरको ब्रम्हायणदेखि खस्याङखुसुङ खोलाको पानी हनुमन्तेमा मिसिएपछि यसले अझै विकराल रुप लिने गरेको छ । दुई वर्षअघि बिहान ९ बजे भक्तपुरमा घाम लागिरहँदा सोही नदीमा आएको बाढी राधे राधेको बस्तीमा पसेर यहाँका करीब सय घर र उद्योग कलखाना डुबाएको थियो । सो घटना स्मरण गर्दै मध्यपुरथिमिका राधे राधेका व्यवसायी राजेन्द्र देउजाले नाला, टुकुचा र ताथली नगरकोटमा ठूलो पानी पर्दा हनुमन्ते किनारा बस्तीका बासिन्दा डराउनुपर्ने अवस्था आउने गरेको बताइन् । यस वर्ष बाढी दुई पटक बस्तीमा पसेर नोक्सान पु¥याइसक्यो । एक महिनाअघि असार २७ र २८ गतेको अविरल वर्षापछि आएको बाढीले दर्जनौँ बस्ती मात्रै डुबाएन करोडौँको नोक्सान गराएर ग¥यो । सो नदी साँघुरिँदै गएपछि पानीको सहज निकास नपाउँदा हनुमन्ते उर्लिएर बस्तीमा पस्न थालेको हो । मानव अतिक्रमण, बस्तीको अव्यवस्थित विकास, भक्तपुर नगरपालिकाले बनाएको डम्पिङ साइड, ढल तथा मंगालहरुको मर्मतसम्भार नहुँदा निकास थुनिनु, राजकुलोहरु मासिनु, जग्गा प्लटिङ गर्नेको अतिक्रमण जस्ता कारणले हनुमन्ते साँघुरिएको स्थानीयवासीको भनाइ छ । सूर्यविनायक नगरपालिका–३ बालकोट नयाँ बस्तीका पूर्वसांसद केदार सञ्जेलले खोला साँघुरिएको परिणाम तीन नगरपालिकाका बासिन्दाले समस्या भोग्नु परेको बताउछन् । यसपटक हनुमन्ते बस्तीमा पस्दा पु¥याएको क्षतिले अहिले पनि स्थानीय बासिन्दा ठूलो पानी पर्ने बित्तिकै खोला बस्तीमा पस्ला भनेर सुरक्षित स्थानको खोजी गर्ने र सामानहरु सुरक्षित पार्ने प्रयासमा लाग्ने उनको भनाई छ । २०२१ सालको नापीअनुसार हनुमन्ते बग्दैन । खोला यसअघि नै भक्तपुरका विभिन्न ठाउँमा धार परिवर्तन गरेर बग्दा अहिले त्यसमाथि घर बनेका छन् । हनुमन्ते खेतबाट बग्न थालेको छ । खोलाको धेरै जग्गा व्यक्तिको नाममा ल्याएर १७ वर्षअघि नै किनबेच भएर घर बनिसकेको बताउँदै स्थानीय बासिन्दा अझै पनि अतिक्रमित जग्गाका कारण थप समस्या आएको गुनासो गर्छन् । मध्यपुर अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ हनुमन्ते बस्तीमा पस्न थालेपछि अस्पताल र यहाँको बस्ती जोखिममा परेको र समस्याको दीर्घकालीन समाधान खोज्ने बेला आइसकेको बताए । सूर्यविनायक नगरपालिका–३ बालकोटमा टेलर सञ्चालन गर्दै आउनुभएका लक्ष्मीबहादुर श्रेष्ठ बाढीका कारण यहाँका व्यापारीले यस पटक करोडौँको नोक्सान व्यहोर्नु परेको बताउनुहुन्छ । उनी भन्छन्, “ बाढी बस्तीमा पस्दा मानिस घरबाहिर निस्कन सकेनन्, तल्लो तलामा बस्नेको बिजोग भयो, व्यापारीको करोडौँको नोक्सान भयो भने अहिले पानी पर्न थालेपछि त्रास बढ्छ ।” मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले हनुमन्ते खोलालाई नगरपालिकाले फराकिलो पार्ने काम शुरु गरेको बताए । उनले भने, “तत्कालका लागि हनुमन्तेको डिलमा डोजर लगाएर खोला फराकिलो पार्ने काम ग¥याँै, अब दीर्घकालीन रुपमा समस्या समाधान गर्न हनुमन्ते करिडोर निर्माण हँुदैछ, यसले समस्या समाधान गर्ने विश्वास लिएका छौँ ।” सरकारले ७० करोडको लागतमा हनुमन्ते करिडोर निर्माण कार्य यस वर्षदेखि नै शुरु गरेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy