Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

गहना खरीद बिक्रीको निश्चित मापदण्ड नहुँदा उपभोक्ता यसरी ठगिन्छन्

चितवन। सुनका गरगहना खरीद बिक्रीमा निश्चित मापदण्ड नहुँदा उपभोक्ता ठगिएका छन् । गरगहनामा लिइने ज्याला र जर्तीको मापदण्ड निश्चित नहुँदा सर्वसाधारण मारमा परेका हुन् । सुनचाँदी व्यवसायीले साना गहनामा ६० प्रतिशतसम्म जर्ती लिने गरेको स्वीकारेका छन् । ठूला गहनामा समेत २० प्रतिशतसम्म जर्ती लिने गरेको पाइन्छ । नारायणगढस्थित एक बैंकका प्रबन्धकले नाम उल्लेख नगर्ने सर्तमा आफूले श्रीमतीलाई सुनको हार किन्न खोज्दा २० प्रतिशत जर्ती मागेको बताए । नेपाल सुनचाँदी व्यवसायी सङ्घ चितवनका अध्यक्ष जीवनज्योति सदाशंकरले सुन खरीद बिक्रीसम्बन्धी सरकारी मापदण्ड आफूले पनि नपाएको बताए । सङ्घले बनाएको मापदण्डका आधारमा आवश्यकताअनुसार व्यवसायीले ज्याला र जर्ती लिने गरेको उनले बताए । काम गर्ने श्रमिकले लिने ज्याला र सुनका गहना बनाउँदा नोक्सान हुने सुनको आधारमा जर्ती तय हुने गर्दछ । उपभोक्ताले गहना खरीद गर्दा ज्याला र जर्ती तिरेर खरीद गर्दछन् भने त्यही गहना बिक्री गर्दा पुनः ज्याला र जर्ती तिर्नुपर्ने बाध्यता छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं ७ का संयोजक विपीन रामुदामुले साना गहनामा जर्ती बढी हुने बताउँदै भने, “पाँच लालको चन्द्रमा बनाउँदा तीन लाल जर्ती लिनुपर्छ ।” व्यवसायीले नेक्लेस, रानीहार, चुरा, मंगलसूत्रजस्ता गहनामा १० देखि २० प्रतिशतसम्म जर्ती लिने गर्दछन् । नारायणगढस्थित जय सन्तोषीमा सुनचाँदी पसलका सञ्चालकसमेत रहनुभएका रामुदामुले ज्याला श्रमिकलाई दिनका लागि र जर्ती गहना बनाउँदा हुने नोक्सानका लागि लिने गरेको बताए । उनका अनुसार सुन बनाउँदा लाग्ने रसायन र अन्य खर्च पनि जर्तीका नाममा लिने गरिन्छ । सुनचाँदी व्यवसायी आफ्नै सुनप्रति विश्वस्त नभएको पाइन्छ । एउटा पसलमा किनेको सुन अन्य पसलमा बिक्री गर्दा त्यस पसलले सकेसम्म नकिन्ने, किन्नै पर्दा पनि धेरै जर्ती काट्ने गरेको पाइन्छ । उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतम गहना खरीद बिक्रीमा लिने ज्याला र जर्ती निश्चित हुनुपर्ने बताउछन् । एउटै प्रकृतिको गहनामा पसलै पिच्छे ज्याला र जर्तीको फरक फरक प्रतिशत रकम लिने गरेको बताउँदै उहाँले यसले कतिपय ठाउँमा व्यवसायी पनि ठगिएको र कतिपय ठाउँमा उपभोक्ता ठगिएको बताए । राज्यले निश्चित ऐन कानून बनाएर मादपण्ड तय गर्नुपर्ने उद्योग वाणिज्य सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहेका गौतमले बताए । नेपालमा मात्रै होइन, विश्वभर जहाँ बिक्री गर्दा पनि सुन किनबेच हुनसक्ने गरी मापदण्ड बनाइनु पर्ने उनको सुझाव छ । जिल्लामा मात्रै ५०० सुनचाँदी पसल रहेका छन् । ती पसलले दैनिक पाँच किलो सुन बराबरका गहना बिक्री गर्ने गर्दछन् । जसमध्ये बैंकबाट एक किलो मात्रै आउने गर्दछ भने बाँकी सबै पुराना गहना र चोरीको सुन आउने गरेको व्यवसायी नै बताउँछन् । सुन गुणस्तर जाँच गर्ने उपकरण प्रयोगमा ल्याइएको छैन । उपभोक्ताले विश्वासका आधारमा सुनका गहना खरीद गर्नुपर्ने बाध्यता रहेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy