Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

बिषालु सर्पको बिगबिगी बढेपछि सर्पदंशका घटना बढ्दो

बर्दिवास। महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा बिषालु सर्पको बिगबिगी निकै बढेको छ । जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा सर्पदंशका घटना बढ्दैछन् । बर्दिवास—३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा भदौ शुरु भएयता पाँच दिनमा नैसर्पदंशका १३ बिरामी उपचार गरेर घर फर्किसकेको र पाँच जना अझै उपचारकै क्रममा छन् । यसअघि गत साउन मसान्तसम्म केन्द्रमा एक हजार ७१ ले उपचार लिएको अभिलेखले देखाएको छ । विसं २०७१ साउन ३१ गते स्थापना भएर सञ्चालन हुँदै आएको केन्द्रमा आर्थिक वर्ष २०७४/०७५ सम्म सर्पदंशका एक हजार चार बिरामीले उपचार पाएका थिए । तीमध्ये आर्थिक वर्ष २०७१/०७२ मा १६५, आव २०७२/०७३ मा २७०, आव २०७३/०७४ मा २७३ र आव २०७४/०७५ मा २९६ जनाले उपचार लिएको अभिलेखलाई उद्धृत गर्दै सर्पदंश उपचार केन्द्र बर्दिवास–३ गौरीडाँडा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको साउनमा ६७ जनाले उपचार लिएको तथ्याङ्क छ । जिल्लामा धेरैजसो गोमन र करेत जातका विषालु सर्पको बिगबिगी देखिएको केन्द्रले जनाएको छ । जिल्लाका बर्दिवास, गौशाला, औरही, भङ्गाहा र रामगोपालपुर नगरपालिका क्षेत्र सर्पदंशका घटना धेरै हुने ठाउँ देखिएका छन् । केन्द्र सञ्चालनमा आएदेखि गत साउन मसान्तसम्मको तथ्याङ्क हेर्दा बर्दिवास नगर क्षेत्रमा मात्रैै सर्पदंशका ४७० घटना भएको देखिन्छ । त्यसैगरी गौशाला–१८७, औरही–१२९, भङ्गाहा–२६ र रामगोपालपुरका २४ जनाले केन्द्रबाट सफल उपचार पाएकोृ अध्यक्ष देवकोटा बताउहुन्छ । महोत्तरीबाहेक अन्य छिमेकी जिल्लाबाट सर्पदंशको उपचार लिनेमा सिन्धुलीका १६७, धनुषाका ६६, सर्लाहीका आठ, रामेछापका तीन र सुनसरीका एक जना देखिएका छन् । सामाजिक पहलकदमीमा स्थापित र सञ्चालित केन्द्रमा नेपाली सेनाले उपचारमा संलग्न हुने दक्ष छ प्राविधिक उपलब्ध गराउँदै आएको छ । बितेका चार वर्षमा सर्पदंशका ३१ बिरामीलाई मात्र थप उपचारका लागि अन्यत्र सिफारिस गरिएबाहेक सबै उपचार पाएर घर फर्केको अध्यक्ष देवकोटाले जानकारी दिए । उपचार केन्द्रमा भेन्टिलेटर सुविधासहितको सघन उपचार कक्ष नहुँदा ढिलो उपचारमा आइपुग्ने केही बिरामीलाई अन्यत्र उपचारका लागि सिफारिस गरिँदा केही अप्रिय घटना भएको अध्यक्ष देवकोटाको भनाइ छ । केन्द्र र बर्दिवास अस्पतालको समन्वयमा अत्यावश्यक भेन्टिलेटर र अन्य उपचार उपकरणसहितको सघन उपचार कक्ष सञ्चालनको आवश्यकता सार्वजनिक रुपमा औंल्याइँदै आएको छ । सो व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण कैयौंँ पटक गराइए पनि हालसम्म उपलब्ध भने हुन नसकेको अध्यक्ष देवकोटाले बताए । सो भेगका सर्वसाधारणले उपचार केन्द्रको स्तरोन्नतिका लागि सरकारी पहलकदमी बढ्नुपर्ने बताएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy