Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

तीव्र आर्थिक तथा सामाजिक विकासमा सरकार लागिपरेको छः प्रधानमन्त्री ओली

भक्तपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको तीव्रत्तर आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यका साथ सरकार अगाडि बढिरेहको बताएका छन्। भक्तपुरको खरिपाटीमा आज मदन भण्डारी एशियाली विद्यालयको उद्घाटन गर्दै उनले भने, “भावी पुस्तालाई नेपालको तीव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक विकास देखाउने गरी समृद्धिको लक्ष्य हासिल गर्न सरकार सक्रियरुपमा लागि परेको छ ।” प्रधानमन्त्री ओलीले समाजवाद उन्मुख कम्युनिष्ट पार्टीको वर्तमान सरकारले दिगो आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै सुखी नेपाली समृद्ध नेपाल बनाउने कार्य चुनौतीपूर्ण भएपनि नेपाल आफैँमा स्रोत र साधनले सम्पन्न भएकाले यसको समुचित प्रयोग गरिने दृढता व्यक्त गरे । दुई ठूला छिमेकी राष्ट्रसँगको सन्तुलित सम्बन्ध स्थापित गरी भारत र चीनबाट मेट्रो रेल सञ्चालनमा ल्याइने बताउँदै उहाँले नेपालमा अब द्वन्द्व व्यवस्थापन भइसकेकाले विकास र समृद्धिलाई पूर्णता दिइनेछ भने । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समृद्धि र आर्थिक विकासको जिम्मेवारी कम्युनिष्ट सरकारको काँधमा आएको उल्लेख गर्दै यसका लागि आउने चुनौतीको सामना गर्दै आफ्नो जिम्मेवारीलाई सरकारले पूरा गर्छ बताए । मदन भण्डारी एशियाली विश्वविद्यालय स्थापना गर्न यो सरकारले पहल गर्नुपर्नेमा पनि उनले जोड दिए । नेता वामदेव गौतमले देशमा धेरै अवसर आएकाले यसलाई सरकारले सदुपयोग गर्नुपर्ने बताए । आजदेखि आगामी २१ दिनसम्म आवासीयरुपमा सञ्चालन हुने कक्षामा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, थाइल्याण्ड, इष्टिमोर्ड, अर्जेन्टिना, ब्राजिल, तान्जिनिया, ट्युनिसिया, मोरेसियो, फिलिसिन्स, दक्षिण अफ्रिकालगायतका ५० जना नागरिकको सहभागिता छ । नेता माधवकुमार नेपाल संरक्षक रहेको सो विद्यालयको पहिलो पटक शुरु भएको कक्षामा पहिलो समूहको नाम पुष्पलाल दिइएको छ भने यस प्रकारका कक्षा आगामी दिनमा पनि सञ्चालन हुनेछ । अन्तर्राष्ट्रियस्तरको यस विद्यालयमा माक्र्सवाद, लेलिनवाद एवं कम्युनिजमका बारेमा पढाइने छ । पढाइसँगै सामाजिक एवं व्यावहारिक काम कसरी गर्ने भन्नेबारेमा प्रयोगात्मक कक्षासमेत सञ्चालन हुनेछ । २१ दिनको प्रशिक्षणमा नेपालबाट नेता माधवकुमार नेपाल, पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, मोदनाथ प्रश्रित, वामदेव गौतम, विष्णु पौडेल, अमेरिकाका क्रिसो क्रुसो, भारतबाट डा विजयप्रसादलगायत विभिन्न देशका कम्युनिजमका विज्ञले प्रशिक्षण दिने कार्यक्रम रहेको संयोजक प्रमेश पोखरेलले जानकारी दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending