Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

एसियन गेम्सः ११ दिन पुग्दा पनि नेपाल पदकविहीन

काठमाडौँ। इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ । एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ । विगतका एशियाली खेलकूदमा नेपालले तेक्वान्दोबाट एक रजत र १३ कास्य, बक्सिङबाट छ कास्य र करातेबाट तीन कास्य जितेको थियो । जारी प्रतियोगितामा नेपालले २९ खेलमा सहभागिता जनाएको छ । प्रतियोगितामा सहभागी ४५ मुलुकमध्ये ११ दिनसम्म आइपुग्दा ३६ मुलुककले पदक जित्न सफल भएका छन् । हालसम्म पदक तालीकामा चीनले सर्वाधिक ८८ स्वर्ण, ६२ रजत र ४३ कास्य गरी १९३ पदक जित्दै पदक तालीकाको शीर्ष स्थानमा रहन सफल भएको छ । चीनलाई पच्छ्याउँदै जापानले ४३ स्वर्ण, ३७ रजत र ५७ कास्यसहित १३७ पदक जितेको छ । दक्षिण कोरियाले २९ स्वर्ण, २७ कांस्य, ४३ रजत गरी १०९, आयोजक इन्डोनेसिया २२ स्वर्ण, १६ रजत र २८ कास्यसहित ६६ पद जित्न सफल भएको छ । त्यसैगरी इरानले १७ स्वर्ण, १५ रजत, १५ कास्य, चाइनिज ताइपेईले १२ स्वर्ण, १२ रजत र १७ कास्य, उत्तर कोरियाले १२ स्वर्ण, ६ रजत र सात कास्य, थाइल्याण्डले नौ स्वर्ण, १० रजत र ३३ कास्य, भारतले आठ स्वर्ण, १३ रजत र २० कास्य, काजाकिस्तानले सात स्वर्ण, आठ रजत र २९ कांस्य जित्न सफल भइसकेका छन् । आजसम्म १९४ स्वर्ण, २९४ रजत र ४०७ कास्य गरी ९९५ पदकको छिनोफानो भइसकेको छ । एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन्
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies