Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

उत्तर कोरियाबाट खतरा देखिएको जापानको टिप्पणी

टोकियो। उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा देखिएको टिप्पणी जापानले गरेको छ । जापानी रक्षामन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुनसक्ने अवस्था नरहेको बताएका हुन् । जापानको सन् २०१८ को सुरक्षासम्बन्धी पहिलो बैठकमा अधिकारीहरुले यस विषयलाई छलफलमा ल्याएका हुन् । त्यसैगरी चीनको बढ्दो सैन्य सङ्ख्यालाई पनि सो सुरक्षा समीक्षाको विषयवस्तु बनाइएको छ । यसअघि गतवर्ष जापानको यस्तो सुरक्षा बैठक उत्तर कोरियाको आणविक कार्यक्रम उत्कर्षमा पुगेको समयमा गरिएको थियो । त्यसपछिको वार्षिक सुरक्षा बैठक मङ्गलबार शुरु भएको हो । तर गत वर्षको यस्तो बैठकका समयमा पनि उत्तर कोरियालाई सुरक्षा खतरा र समस्याका रुपमा लिइएको थियो । त्यसपछि उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत जुन महिनामा सिंगापुरमा भेट भएपछि उत्तर कोरियाले आणविक उत्पादनको काम नगर्ने बताएको थियो । त्यसपछि उत्तर कोरिया अब आणविक खतरा नरहेको अमेरिकाले बताएको थियो । तर पनि जापानले भने त्यसप्रति ढुक्क हुने अवस्था नरहेको टिप्पणी गरेको हो । उत्तर कोरियाको आणविक कार्यक्रम र उसको क्षेप्यास्त्र कार्यक्रमहरुका बारेमा जापानले विगतदेखि उत्तर कोरियालाई जुन मान्यतामा राखेको थियो अहिले पनि त्यसमा कुनै परिवर्तन नआएको जानकारी जापानमा मङ्गलबार शुरु भएको सो सुरक्षा बैठकमा बताइएको छ । जापानले उत्तर कोरियाले गरेको प्रतिबद्धता बमोजिम आणविक कार्यक्रम स्थगित गरेको भन्ने बारेमा अझै पनि ढुक्क हुनसक्ने अवस्था नआएको सो बैठकमा बताएको हो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy