Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

संसदीय निर्वाचनमा डेमोक्र्याटिक दलले जिते हिंसा बढ्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नोभेम्बरमा हुने संसदीय निर्वाचनमा विपक्षी डेमोक्र्याटिक दलले जिते आफ्ना नीतिहरू \'हिंसात्मक रूपले\' उल्ट्याइने चेतावनी दिएका छन् । नोभेम्बरमा अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ स्थान तथा माथिल्लो सदन सिनेटका १०० मध्ये ३५ स्थानका लागि निर्वाचनहरू हुँदैछन् । ती निर्वाचन वाक् एवम् धार्मिक स्वतन्त्रताका निम्ति जनमतसङ्ग्रह सरह हुने ट्रम्पले बताएका छन् । इभान्जेलिकल इसाई अगुवाहरूसँगको ट्रम्पको बैठकमा उनले त्यसो भनेको टेप सार्वजनिक भएको थियो । त्यो बैठकमा ट्रम्पले आउँदो निर्वाचन आफ्ना लागि मात्र नभई \'तपाईँहरूको धर्म अनि वाक् स्वतन्त्रता र पहिलो संशोधन (अमेरिकी संविधानको पहिलो संशोधनले आधारभूत स्वतन्त्रताहरूको प्रत्याभूति गर्छ) का लागि पनि जनमतसङ्ग्रह सरह हुने बताए । साथै रिपब्लिकनहरूले नजिते आफूले गरेका सबै कामलाई छिट्टै र हिंसात्मक रूपले उल्ट्याइने चेतावनी उनले दिए । हिंसाबारे बोल्दै उनले एन्टी फा समूहप्रति सङ्केत गरे र ती समूह हिंसक भएको बताए। एन्टी फासिस्ट वा एन्टी फा अतिवामपन्थीविरोधी समूह हो जसको अतिदक्षिणपन्थीसँग बारम्बार मुठभेड भइरहन्छ । हालै उनका पूर्ववकिल तथा राष्ट्रपतीय निर्वाचन अभियानका पूर्वप्रमुखहरू विभिन्न कसुरमा दोषी पाइएपछि ट्रम्पले कटु आलोचना खेपिरहेका छन्। हाल प्रतिनिधिसभा तथा सिनेट दुवैमा रिपब्लिकनहरूको बहुमत छ। तर आउने चुनावमा डेमोक्र्याटहरूले धेरै जित्ने उनीहरूको अनुमान छ। यदि प्रतिनिधिसभाको नियन्त्रण डेमोक्र्याटहरूको हातमा पुगे ट्रम्पको शासनको क्षमतामा अङ्कुश लाग्न सक्छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy