Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

पाकिस्तानलाई दिइने ३० करोड डलर सहयोग अमेरिकाद्वारा रद्द

लडाकु समूहहरूविरुद्ध कदम चाल्न इस्लामाबाद विफल भएको भन्दै अमेरिकी सेनाले पाकिस्तानलाई दिने ३० करोड डलर सहयोग रद्द गर्ने निर्णय गरेको जनाएको छ । यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाबाट अर्बौँ डलर पाएर धोका दिइरहेको पाकिस्तानमाथि आरोप लगाएका थिए । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल कोन फोक्नरले पाकिस्तानलाई दिने गरिएको रकम अब अरू \'महत्त्वपूर्ण प्राथमिकतामा\' खर्च गर्नमा अमेरिकी सेना केन्द्रित हुने बताएका छन् । पछिल्लो कदम गत ज्यानुअरीमा सहयोग निलम्बन गर्ने एउटा बृहत् घोषणाको पाटो हो। त्यसलाई अमेरिकी कंग्रेसले अनुमोदन गर्नुपर्ने हुन्छ । अमेरिकी विदेश मन्त्रालयले आफ्नो भूमिमा सञ्चालनमा रहेका हक्कानी सञ्जाल र अफ्गान तालिबानसहितका आतङ्कवादी सञ्जालहरूविरुद्ध कदम चाल्न असफल भइरहेको भन्दै पाकिस्तानको आलोचना गर्दै आएको छ। शनिवार जारी गरिएको एउटा विज्ञप्तिमा पेन्टागनका प्रवक्ता फोक्नरले भनेका छन्, \'सबै आतङ्कवादी समूहहरूलाई अन्धाधुन्ध निशाना बनाउनका निम्ति पाकिस्तानमाथि दबाब सिर्जना गर्न हामी जारी राख्छौँ।\' उनले उक्त विषयलाई सम्बोधन गर्ने दिशामा \'निर्णायक कदमहरू चाल्न पाकिस्तानको कमजोरी देखिएकोलेु यसअघि नै निलम्बन गर्ने घोषणा गरिसकिएको ३० करोड डलर सहयोग अब अन्यत्र खर्च गरिने बताए। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पाकिस्तानको भ्रमण गर्नुभन्दा केही दिन अगाडि पछिल्लो घोषणा आएको छ । गत ज्यानुअरीमा अमेरिकी सरकारले पाकिस्तानलाई दिने गरिएको लगभग सबै सुरक्षा सहयोग कटौती गरिने घोषणा गरेको थियो । अमेरिका र अरूले पनि पाकिस्तानले लडाकु सञ्जालहरूलाई आश्रय दिएको र सीमापारिबाट अफ्गानिस्तानमा आक्रमण गर्न दिएको आरोप लगाउने गरेका छन् । सो आरोपलाई पाकिस्तानले अस्वीकार गर्दै आएको छ । यसअघि छुट्टै विषयमा, शुक्रवार अमेरिकाले प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने राष्ट्रसंघको सहायतासम्बन्धी निकाय युनाइटेड नेशन्स रिलिएफ एण्ड वर्क्स एजेन्सीलाई दिने सबै सहायता बन्द गर्न लागेको घोषणा गरेको थियो । बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy