Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

सैनिक विमानस्थलमा बिस्फोटन, हतियार भण्डारमा आगलागी

बेरुत। सिरियाको राजधानी दमास्कस नजिकको सिरियाली सैनिक विमानस्थलमा शनिबार राति ठूलो विस्फोटन भएको छ । दमास्कसस्थित एक गैससले “इजरायली आक्रमणको सम्भावना” औंल्याए पनि सरकारी सञ्चार माध्यमले प्राविधिक त्रुटीका कारण हतियार भण्डारमा आगलागी भएको जनाएको छ । दमास्कसको पश्चिमी इलाकामा रहेको माज सैनिक विमानस्थललाई लक्षित गरी “इजरायलले प्रहार गरेको क्षेप्यास्त्रबाट हतियार भण्डारमा क्षति पुगेको” सिरियाली अब्जर्भेटरी फर ह्यूमन राइट्सका प्रमुख रामी आब्देल रहमानले बताए । यो विमानस्थलमा सिरियाली हवाई सैन्यको जासुसी संयन्त्र रहेको छ । सन् २०१७ को प्रारम्भमा पनि यस्तै आक्रमण हुँदा सिरिया सरकारले छिमेकी मुलुक इजरायलमाथि आरोप लगाएको थियो । सिरियाली सैनिक स्रोतहरुले माज हवाई अखडा इजरायलीहरुको निशानामा नरहेको बताएका छन् । सरकारी समाचार संस्था सानाले सेनाको भनाइ उद्धृत गर्दै लेखेको छ, “हतियार भण्डारमा विस्फोट भएको तर त्यो विद्युतीय गडबडीका कारण भएको हो ।” इजरायलले सिरिया द्वन्द्वमा प्रत्यक्ष सहभागिता जनाएको छैन, तर सिरियाभित्र रहेर इजरायल बिरोधी गतिविधिमा संलग्न हेजबोल्लाह समेतका लडाकू समूहलाई केन्द्रित गरी दर्जनौं हवाई हमला गरेको इजरायलले बताउँदै आएको छ । यही साताको सुरुमा पनि इजरायलले सिरियाभित्र सक्रिय इरानी सैनिक अखडामाथि आक्रमण गर्ने चेतावनी दिएको थियो । “सिरियाभित्र लडाका र विकसित हतियार प्रणाली स्थापना गर्ने इरानको प्रयत्नलाई ध्वस्त बनाउन इजरायली सेना प्रतिबद्ध छ,” इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताए । जुलाईमा, उत्तरी अलेप्पोको एउटा सैनिक जाँच चौकीमा इजरायलले बम आक्रमण गरेको सिरियाले आरोप लगाएको छ । अब्जर्भेटरीका अनुसार उक्त आक्रमणबाट कम्तीमा नौजना सिरियाली सैनिक मारिएका थिए । सिरियाको द्वन्द्व आरम्भ भएको सात वर्षपछि मात्र सिरियाली सेनाले बिद्रोही र जिहादीको कब्जामा रहेको सम्पूर्ण मुलुकको करिब दुई तिहाई क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सफल भएको छ । सिरियाली सैनिकलाई रसिया र इरानी सेनाले मद्दत गरेका छन् । साथै, लेबनानी हेज्बोल्लाह लडाकु तथा इराकी, इरानी र अफगान मिलिसियाले पनि सिरियाली सरकारी फौजलाई सहयोग गरिरहेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy