Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

कञ्चनपुर घटनाः देउडामार्फत घोचपेच- पुलिसको दोष मात्र हो, घटना अर्कै छ..

धनगढी। ‘को राम्रो को नराम्रो, तर्क चाँही अर्कै छ,.... पुलिसको दोष मात्र हो, घटना अर्कै छ....‘ कञ्चनपुर घटनामा प्रहरीलाई देखावटी आरोप लगाइएको हो,घटनामा अर्कै पक्षको दोष छ । गौरा पर्वको अवसरमा मङ्गलबार स्थानीय वनदेवी मन्दिर परिसरमा गोलबन्द भएर खेलिएको डेउडा खेलमा सुरक्षा व्यवस्था फितलो भएकै कारण कञ्चनपुरमा बालिका बलात्कारको घटना भएको आरोपको खण्डन गर्दै डेउडाको भाकामा गीतेरु९गीतकार० बिर्खबहादुर सायरको समूहले गीत गाए । डेउडा खेल्न गोलबन्द भएकामध्ये अर्को समूहको नेतृत्व गरेका गीतेरु(गीतकार) नारद न्यौपानेले खेल आरम्भ गर्दै डेउडाको भाखामा प्रश्न तेस्र्याएपछि सायरको समूहले प्रतिउत्तर फर्काएको थियो । कञ्चनपुरमा भएको बालिका बलात्कारको घटनापछि देखिएको जनआक्रोस, सुरक्षा व्यवस्था र त्यसपछि प्रहरीले गरिरहेको अनुसन्धान प्रक्रियाको विषयलाई लिएर डेउडा खेलका सौकिन एक आपसमा घोचपेच र तिखो ब्यङ्ग गर्दै रमाइरहँदा दर्शकले पनि भरपुर आनन्द लिने अवसर पाएका थिए । गोलबन्द भई खेलिएको यो खेलका सहभागीमध्ये आधा सङ्ख्याका खेलाडीले नेपाल प्रहरीका प्रहरी जवानसमेत रहेका डेउडाका गीतेरु सायरले नेतृत्व गरेका समूहलाई साथ दिइरहदा सहभागी अन्यले अर्को समुहका गीतेरु न्यौपानेलाई साथ दिइरहेका थिए । खेलका सहभागीबीच दोहोरीको शैलीमा रोमाञ्चक प्रतिस्पर्धा चलिरहँदा दर्शकको भीड पनि थामिनसक्नु भएको थियो । सामाजिक विकृति विसंङ्गति र कूसाशन विरुद्ध डेउडाका माध्यमले तिखो ब्याङ्ग गर्दै समाजलाई सही बाटोमा डो¥याउन यस्ता डेउडा गीतले मद्दत पु¥याउने जानकार बताउछन् । ‘सानी डाली घँघारुकी मसुरदानी... ठूम्के चरो बास... (घँघारुको बोटमा सानो चराको बास) ‘म आए बाबाका घर मसुरदानी,नथियाकी आस... (नाकमा पहेरिने नथुको आसमा बुवाको घर आए) वनदेवी मन्दिर परिसरमा नै महिलाको छुट्टै समूहमा खेलिएको ठाडो भाखाको यो गीतले छोरीले माइतीप्रति गर्ने गरेको आशा एवं अपेक्षालाई दर्शाउने गरेको जानकार यादव जोशी बताउछन् । यो ठाडो भाखाको गीत महिला माझ सदियौंदेखि निकै लोकप्रिय छ । वर्षभरिमा एक पटक आफ्नो मौलिक गौरापर्व मनाउन यतिबेला प्रदेश नं ७ का गाउँ बस्ती यो पर्वमा खेलिने गीतको रौनकले छपक्क छोपिएका छन् । गौरा भित्र्याइएसँगै प्रदेश नं ७ का गौरा भित्र्याइने मन्दिर र गौरा घरमा गौरा सम्बन्धी डेउडा, चैत, धमारी जस्ता खेल खेल्नेको यतिबेला दिनहुँ घुइँचो लाग्ने गरेको छ । पौराणिक कालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन गरिएको व्रतको फलस्वरुप पार्वतीको मनोकांक्षा पूरा भएकाले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किंबदन्ती छ । यो पर्वले एक ठाउँमा भेला हुने अवसर प्रदान गरी आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने,ईष्ट कूलदेवता खुशी हुने विश्वास गरिन्छ ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending