Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

ट्रम्पले सिरियाली राष्ट्रपति असदको हत्या गराउन चाहेको खुलासा

काठमाडौँ। प्रसिद्ध अमेरिकी पत्रकार बब वुडवर्डले भर्खर प्रकाशित आफ्नो पुस्तक ‘फिअरस् ट्रम्प इन द व्हाइट हाउस’मा राष्ट्रपति ट्रम्पले एकपल्ट सिरियाली राष्ट्रपति बसर अल असदको हत्याको आदेश दिएको खुलासा गरेका छन् । पुस्तकमा अमेरिकी रक्षामन्त्री जेम्स म्याटिससम्बद्ध स्रोतलाई अधार मान्दै २०१७ को रासायनिक आक्रमणपछि ट्रम्पले अमेरिकी रक्षा मन्त्रालयलाई असदको हत्याको आदेश दिएको उल्लेख छ । उता राष्ट्रपति ट्रम्पले पुस्तकमा उल्लेख भएका सबै कुरा तःय्हीं भएको बताएका छन् । उनले एक ट्विट गर्दै पुस्तकमा लेखिएका कुराहरूको उद्देश्य मनिशारूलई दिग्भ्रमित पार्नु रहेको बताएका छन् । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"204863\"] ट्रम्पले आफूले यसबारे रक्षा मन्त्रालयका अधिकारीहरूसँग कहिल्यै कुनै चर्चा नभएको बताएका छन् । रक्षामन्त्री म्याटिसले समेत पुस्तकमा उल्लेखित कुराहरू सत्य नभएको बताएका छन् । ‘वरिष्ठ अधिकारीहरूले सधैं आफूहरूले संवेदनशील कागजपत्र ट्रम्पबाट लुकाएर राख्ने गरेका थिए ताकि राष्ट्रपति तिनमा हस्ताक्षर नगरुन् ।’ उच्च स्रोतलाई उद्धृत गर्दै पुस्तकमा लेखिएको छ । पुस्तकमा वरिष्ठ अधिकारीहरूले ट्रम्पलाई ‘झुठो’ र ‘मूर्ख’ भन्ने गरेको समेत खुलासा गरिएको छ । वुडवर्ड अमेरिकाका एकदमै प्रतिष्ठित पत्रकार हुन् । उनले १९७० को दशकको बहुचर्चित ‘वाटरगेट काण्ड’मा तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनको भूमिका सार्वजनिक गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यस पुस्तकको केही अंश सर्वप्रथम वासिंगटनमा प्रकाशित भएको थियो । त्यसकै भोलिपल्ट न्युयोर्क टाइम्समा यसै विषयमा व्हाइट हाउसका एक जना अज्ञात वरिष्ठ अधिकारीको एउटा लेख प्रकाशित भएको थियो । उक्त लेखमा जसमा ती अधिकारीले अमेरिकी प्रशासनका सम्पूर्ण समस्याको मूल कारण राष्ट्रपति ट्रम्पको अनैतिकता रहेको बताएका थिए । पुस्तकका अनुसार अप्रिल २०१७ मा सिरियामा भएको रासायनिक आक्रमणपछि राष्ट्रपति ट्रम्पले पेन्टागनलाई सिरियाली राष्ट्रपति बसर अल असदको हत्याको प्रबन्ध गर्न निर्देश दिएका थिए । पुस्तकका अनुसार ट्रम्पले रक्षामन्त्री जेम्स म्याटिसलाई, “भो, अब तिनलाई सिध्याइदिउँ” भनेका थिए । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"204864\"] पुस्तकका अनुसार सुरुमा म्याटिसले ट्रम्पको कुरा मानिसकेका थिए तर पछि उनले यसमा पुनर्विचार गरेका थिए । राष्ट्रपति डोनल्ड ट्रम्पले भने पत्रकारहरूसँगको कुराकानीमा र ट्विटहरूमा समेत यो कुरा सत्य नभएको बताएका छन् । बुधवार मिडियासँगको कुराकानीमा उनले भने, “यस्तो कहिल्यै पनि सोचिएन र सोचिने पनि छैन ।” उनले वुडवर्डको पुस्तकलाई ‘कपोकल्पित’ बताएका छन् । रक्षामन्त्री म्याटिसले पनि पुस्तकलाई कुनै ‘राम्रो कल्पनाहरूबाट प्रेरित’ भनेका छन् । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"204865\"] व्हाइट हाउसकी प्रेस सेक्रेटरी सराह स्यान्डर्सले उक्त पुस्तक जागिर गुमाएका केही पूर्व कर्मचारीहरूको काल्पनिक गनगन रहेको टिप्पणी गरेकी छिन् । भर्खर जारी एक बयानमा स्यान्डर्सले ट्रम्प प्रशासनले सफलतापूर्वक काम गरिफहेको र २०२० मा पनि उनलाई कसैले हराउन नसक्ने बताएकी छिन् । बिबिसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies